ताजा समाचार

आज    |   

आन्तरिक पर्यटकका लागि आंशिक रूपमा होटल खुल्न दिने तयारीमा सरकार



कोभिड १९ नियन्त्रका लागि लामो समय देखि बन्द भएका होटलहरुलाई सरकारले आंशिक रूपमा खोल्ने तयारी गरेको छ । इजिप्टको सरकारले बिहीबार रिसोर्ट शहरहरूमा होटलहरूको निरीक्षण गरे पछि स्थानीय पर्यटकहरूका लागि आंशिक रूपमा होटल खोल्न दिने पक्ष्यमा सरकार पुगेको हो ।

पर्यटन र पुरातन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, इजिप्टियन होटेल एसोसिएसन ९एएचए० र दक्षिण सीनै, लाल सागर, लक्सर र असवानका प्रान्तका प्रतिनिधिहरूको गठित सरकारी समितिले उक्त निरीक्षण गरेको सिजिटिएन ले लेखेको छ ।

कोभिड १९ का कारणा लामो समय देखि होटलहरू बन्द भए पछि होटल व्यवसायीहरूले सावधानीका साथ होटल खोल्न पाउनु पर्ने भनि १७२ होटलले निवेदन दिएका थिए ।

सरकारले एन्टी कोभिड जसले समाधानीका उपायहरू पूरा गर्छ उसलाइ मात्र होटल खोल्न दिने अनुपति दिने छ ।  विश्व स्वास्थ्य संगठनको निर्देशिकाहरू अनुरूप मन्त्रिपरिषद्ले होटलहरू खोल्न दिने जुन निर्णय गर्छ त्यहि अनुसार होटलहरूले कार्यानवयन गर्नु पर्ने एक अधिकारीले बताए ।

इजिप्ट सरकारले भाइरस नियन्त्रका लागि मार्च १ देखि सबै उडन बन्द गरेको छ । इजिप्ट मा अहिले सम्म ७५८८ जनामा कोरोना भाइस देखिएको छ भो ४६९ जनाको मृत्यु भएको छ ।

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • प्रदेश २ मा फेरी बढे कोरोना संक्रमित, कुन जिल्लामा कति पूरा हेर्नुहोस्
  • नेपालमा हालसम्म कोरोना संक्रमित २३ सय, मृत्यु ९ जना
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी