ताजा समाचार

आज    |   

हानले निकाल्यो अर्को विज्ञप्ति



कोरोना भाइरसका कारण होटलमा कार्यरत श्रमिक‐कर्मचारीहरूलाई लामो समयसम्म पारिश्रमिक व्यवस्थापन गर्न कठिनाई भएपछि होटल एसोसिएसन अफ नेपाल हानले एक विज्ञप्ति निकालेको  छ ।

बिहीबार संघकी अध्यक्ष सिर्जना राणा र महासचिव साजन शाक्यले हस्ताक्षर गरेको विज्ञप्ति मा भनिएको छ ‘कोिभिड १९ को महामारीको कारणले नेपालमा केही समयसम्म विदेशी पर्यटकहरू आउने अवस्था नहुँदा यो अवस्थामा होटल खुला राखी सञ्चाल नगर्न कुनै आधार नभएको र खर्चका शीर्षकहरू निरन्तर बढीरहने भएकोले सदस्य होटलहरूको आकस्मिक बैठक तथा देशैभरिका तारे होटल, पर्यटकीय होटल, बुटिक होेटल, रिसोर्टहरू लगायतको आबद्धता रहेका क्षेत्रीय होटल संघहरूको निर्णयले केही समयको लागि सञ्चालन बन्द गर्दा उपयुक्त हुने देखिएको छ ।’

कोभिड १९ को बन्दाबन्दी पश्चात होटलहरूको व्यावसायिक वातावरण एवं अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दा समेत निकट भविष्यसम्म सकारात्मक हुने अवस्था देखिएको छैन जसको कारणले होटलमा कार्यरत श्रमिक‐कर्मचारीहरूलाई लामो समयसम्म पारिश्रमिक व्यवस्थापन गर्न कठिनाई हुने देखिएको छ, यस अर्थ ‘कर्मचारीहरुको आधारभूत तलवमानको १२ दशमलव ५ प्रतिशतले हुन आउने रकम र प्रतिष्ठानमा विगतमा मौज्दात रहेको सेवा शुल्क वापतको प्राप्त गर्ने रकम समेत थप गरी ६ महिनासम्म दिने र अपुग रकम संघले माग गरे अनुसारको रोजगारी संरक्षण कोष स्थापना गरी सरकारको तर्फबाट कार्यरत श्रमिकहरुको लागि उपलब्ध गराई तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दछौं,’

हानले ६ महिनामा परिस्थितिको समीक्षा गर्नेगरीे व्यवसाय बन्द गर्ने र व्यवसायीहरूले बाध्य भएर श्रम ऐन २०७४ बमोजिमको प्रक्रिया पूरा गरी श्रमिक कटौती गर्नेसम्मको निर्णयमा पुग्ने हानले जनाएको छ ।

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • कोभिड १९ को मारमा साना तथा मझौला होटल व्यवसायी, माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने
  • गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी