ताजा समाचार

आज    |   

होटल क्षेत्रका श्रमिकलाई चैत महिनाको पूरा तलब दिन सरकारको निर्देशन



होटल क्षेत्रका श्रमिकलाई चैत महिनाको पूरा तलब दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले होटल व्यवसायीलाई निर्देशन दिएको छ । श्रम सचिव विनोद केसीको अध्यक्षतामा मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

होटलमा काम गर्ने श्रमिकहरुले चैत महिनाको तलव नपाएको गुनासो गरे पछि मन्त्रालयले होटल एशोसिएसन नेपाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र पदाधिकारीलाई छलफलका लागि मन्त्रालयलमा बोलाइएको थियो ।

छलफल पछि चैत्र महिनासम्मको तलब र पारिश्रमिक सरकारको निर्णयबमोजिम तत्काल फरफारक गर्ने व्यवस्था सम्बन्धित होटल व्यवसायले मिलाउने तथा उक्त कार्यको सहजीकरण होटल एशोसिएसन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले गर्ने सहमति भएको प्रवक्ता सुमन घिमिरेले बताए । तलब दिए नदिएको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयले गर्ने निर्णय भएको घिमिरेले बताए । कोभिड १९ को कारणले होटल क्षेत्र अनिश्चि कालका लागि बन्द भए पछि त्यहाँ काम गर्ने श्रमीकले चैत्र महिना देखि तलव पाएका छैनन ।

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • कोभिड १९ को मारमा साना तथा मझौला होटल व्यवसायी, माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने
  • पर्यटन क्षेत्रका १२ संघसंस्थाहरुले भने ‘छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने’ पर्यटन क्षेत्रका १२ संघसंस्थाहरुले भने ‘छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने’
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी