ताजा समाचार

आज    |   

हानको निर्णय प्रति मजुदर संघहरु ससङ्कित, श्रमिकको तलब कटौती गरे संघर्ष गर्ने चेतावनी



होटल संघ नेपाल हानले गरेको निर्णय प्रति होटल तथा पर्यटन क्षेत्रमा क्रियासिल तीन मजदुर संघले घोरभत्सना गरेका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै तीन वटै मजदुर संघले आईतबार हानले श्रमिकलाई १२.५ प्रतिशत मात्रै तलव दिने निर्णयको भत्सना गरेका गरेका हुन् । उनिहरुले हानको निर्णय कदापी स्विकार्य नहुने भन्दै संघर्षको लागी श्रमिकहरुलाई तयार रहन आव्हान समेत गरेका छन् ।

अखिल नेपाल होटल क्यासिनो तथा रेप्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो रेप्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका अध्यक्षले हस्ताक्षरित गरेको विज्ञप्तीमा भनिएको छ ‘हानले बार्तालाइ भंग गरि एक तर्फि रुपमा श्रमिकको पारिश्रमिक सेवासबिधा, श्रम ऐन २०७४ को दफा १४५ प्रयोग गरि श्रमिक निस्कासन गर्ने धम्की जस्ता निकप्ट हर्कत प्रति हामी घोरभत्सना गर्दछौ । राज्यले श्रमिकको सेवासविधाको बारेमा सम्बोधन गरेको राजपत्रलाइ समेत चुनौति दिइ होटेल संघ नेपालले गरेको अमानबिय कार्यका विरुद्ध सम्पर्ण पर्यटन क्षेत्रका श्रमिकहरु एकजुट भइ सशक्त रुपमा संघर्ष गर्न हामि अपिल गर्दछौ । राज्यको निति नियम नमान्ने ब्यबसायी, संस्थाहरुलाइ कानुनि कारवाहिको दाएरामा ल्याउन समेत नेपाल सरकार सग जोडदार माग गर्दछौ ।’

‘तिनै मातहतमा रहेको प्रतिष्ठान स्तरको युनियन लगायत आमश्रमिकहरुमा हानले गरेको १२.५ प्रतिसत पारिश्रमिक दिने निर्णय नमान्न र गम्भिर भएर आफनो प्रतिष्ठानका श्रमिकको परिश्रमिक सेवाबिधा र रोजगारिको संरक्षणकोनिमित्त एक जुट भइ सशक्त संघर्पको लागि तयार रहन समेत निर्देशन दिएको छ । ‘

साथै संघले होटल संघ नेपालले एकतर्फि रुपले गरेको निर्णय फिर्ता लिन आग्रह गरेको छ । अन्यथा यसबाट उत्पन्न हुने परिस्थीतिको जिम्मेवारी हानले लिनु पर्ने जनाएको छ ।

आईतबार हानले कोभिड १९का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गदै कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरलेहुन आउने रकम मात्रै दिने निर्णय गरेको थियो । साथै आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय गरेको थियो।

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • कोभिड १९ को मारमा साना तथा मझौला होटल व्यवसायी, माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने
  • गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी