ताजा समाचार

आज    |   

आन्तरिक हवाई सेवा प्रदायकका लागि अन्तर्राष्ट्रिय उडान इजाजत खुला



सरकारले हवाई सेवामा स्तरोन्नति गर्न चाहनेआन्तरिक हवाई सेवा प्रदायकका लागि अन्तर्राष्ट्रिय उडान इजाजतपत्र खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई सेवा प्रदायकहरूसंग अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका  प्रस्ताव आह्वान गरेको छ । वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला गर्ने निर्णय गरेको थियो ।

इजाजतपत्रका लागि आवेदन दिन वायुसेवा सञ्चालनको वर्गीकरणअनुसार चुक्ता पुँजी पनि फरकफरक निर्धारण गरिएको छ । जसअनुसार ‘क’ वर्गको वायुसेवा सञ्चालनका लागि एक अर्ब रुपियाँ चुक्ता पुँजी हुनुपर्ने छ । त्यस्तै ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालनका लागि ५० करोड रुपियाँ चुक्ता पुँजी निर्धारण गरिएको छ ।

यो चुक्ता पुँजी तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीका लागि हो । तीनभन्दा बढी विमान थप भएमा प्रतिविमान १० करोड रुपियाँ चुक्ता पुँजी पु¥याउनुपर्ने छ । कम्पनी रजिस्ट्रार कार्यालयबाट तोकिएको चुक्ता पुँजी पूरा भएको विवरण पेस गर्नुपर्ने छ ।

पाँच वर्षमा निरन्तर रूपमा वायुसेवा सञ्चालन गरेको र पाँचवटा विमान सञ्चालन गरेको अनुभव भएको आन्तरिक सेवा प्रदायक इजाजतपत्रका लागि योग्य मानिने छ । इजाजतपत्रका लागि सम्बन्धित वायुसेवा प्रदायकले ४५ दिनभित्र मन्त्रालयसमक्ष निवेदन दिनुपर्ने छ ।

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी
  • कोरोनाबाट विदेशमा १ सय २१ नेपालीले ज्यान गुमाए, कुन देशमा कति हेर्नुहोस्
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी