ताजा समाचार

आज    |   

 चीनले पर्यटनलाइ उकास्न हप्तामा २ दिन बिदा दिने 



चीनमा नोवेल कोरोना भाइरस संक्रमण क्रमिक रूपमा घट्र्दै गए पछि सरकारले पर्यटनलाइ उकास्न हप्तामा २ दिन बिदा दिने प्रणाली घोषणा गरेको छ। वुहान सहरबाट सुरु भएको नोवेल कोरोना भाइरस संक्रमणको विश्वब्यापी विस्तारसँगै आर्थिक तथा वित्तीय क्रियाकलापहरु प्रभावित हुदै गए पछि सरकारले हप्तामा २ दिन बिदा दिने प्रणाली घोषणा गरेको चाइनाडेलिले समाचार लेखेको छ ।

यस अघि चिनले आन्तरिक पर्यटनलाइ बिग्रन नदिन मार्च देखि नै  हेबेइ, झेजियांग र जिङनाङ, ची प्रान्त, गान्सु प्रान्तको लगन र हुबेई प्रान्तको लिचुआनले  हप्तामा २ दिन बिदा दिने  प्रणाली सुरू गरिसकेको थियो । बिदाको २ दिन उनीहरूले आफ्नो परिवारसँगै पर्यटकीय स्थलमा घुम्नु पर्ने छ ।

चीनमा नोवेल कोरोना भाइरसले पर्यटन र यातायात उद्योगहरू, विशेष गरी उड्डयन उद्योग गत तीन महिनामा देखि थप्प  हुँदा व्यवसाीहरू पीडित भएका छन् । भने चीनको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देशको उपभोक्ता वस्तुको कुल खुद्रा बिक्री २०२० को पहिलो त्रैमासिकमा १ प्रतिशत घटेको देखाएको छ ।

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • कोभिड १९ को मारमा साना तथा मझौला होटल व्यवसायी, माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने
  • पर्यटन क्षेत्रका १२ संघसंस्थाहरुले भने ‘छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने’ पर्यटन क्षेत्रका १२ संघसंस्थाहरुले भने ‘छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने’
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी