ताजा समाचार

आज    |   

यस्तो छ – भगवान् रामको ससुराली र सीताको जन्मभूमि ‘जनकपुर’



प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको जनकपुर आन्तरिक तथा वाह्य पर्यटकको रोजाइको केन्द्र हाे। भौतिक पूर्वाधारका हिसाबले जनकपुर सुगम धार्मिकस्थल हो । राजर्षि जनकको प्राचीन मिथिलाराज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि हो जनकपुर ।

धार्मिक पर्यटकका लागि जनकपुर पशुपति पछिको द्रोस्रो ठूलो केन्द्र हो । जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखाका रूपमा परिचित ‘जानकी मन्दिर’, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित ‘जनक मन्दिर’, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रङ्गभूमि मैदाननजिकैको हनुमानको ‘सङ्कटमोचन मन्दिर’, स्वर्गद्वारीलगायतका धार्मिकस्थल एवम् तालतलैया सरोवर र दैनिक रूपमा हुने गङ्गा आरतीले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्यस्थलका रूपमा चिनाएको छ ।

कसरी पुग्ने ?

काठमाडौंबाट २६५ किलोमिटर दूरीमा रहेको जनकपुर ८ घण्टाको बस यात्रामा पुगिन्छ । साथै, दैनिक हवाईजहाज चल्ने गद्नाले हवाइमार्ग बाट पनि पुग्न सकिन्छ ।

 

भिडियाे

Write your Comment


Related News
  • सरकारले सिटी टुर गाईडहरुलाई उपेक्षा गरेको भन्दै एसोशिएसनले बुझायो पयर्टन मन्त्रीलाई ज्ञापनपत्र
  • मंगलबार नेपालमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी