आज    |   

भिडियोमा हेर्नुहोस् विश्वको अग्लो हिमाल ‘सगरमाथा’



सगरमाथा विश्वको सबैभन्दा अग्लो हिमाल हो । यस हिमालको आरोहण विश्वमा नै चर्चित छ । प्रदेश नम्बर १ को सोलुखुम्बु जिल्लामा रहेको सगरमाथा २० हजार २९ फिट अर्थात ८ हजार ८४८ मिटर अग्लो छ ।

यो नेपाल र तिब्बतको सिमानामा छ। विभिन्न देशका पर्यटकहरु सगरमाथा आरोहण गरेर त्यसको रोमाञ्चकतालाई अनुभव गर्न र विभिन्न किर्तिमान कायम गर्न सगरमाथा चढ्न आउने गर्दछन् । धेरै पर्यटकहरु सगरमाथा चढ्न भन्दा पनि नजिक बाट हेर्न आउने गरेका छन् । उनिहरु सगरमाथाको ‘बेस क्याम्प’सम्म पुगेर र्फकने गर्दछन् । कोरोना भाइरस नियन्त्रणका कारण हाल सगरमाथाको आरोहण बन्द गरिएको छ ।

सगरमाथामा कसरी पुग्ने ?

अधिकांश आरोहीहरु नेपाल तिरबाट सगरमाथाको आरोहण गर्छन् । तर यसलाई तिब्बतको क्षेत्रबाट पनि चढ्न सकिन्छ । काठमाडौँबाट आन्तरिक हवाईमार्गमार्फत लुक्ला पुग्न सकिन्छ । त्यहाँबाट आरोहीहरु करिव १० दिन लगाएर १७ हजार ५०० फिटको उचाईमा रहेको सगरमाथा बेस क्याम्पसम्म पुग्छन् । वसन्त रितुमा सगरमाथाको आरोहण गर्ने बाटो खुल्छ । उचित मौषम पर्खदै केही हप्ता बेस क्याम्पमा नै बिताउनुपर्ने हुन्छ । मौषम अनुकुल भए दिनको समयमा आरोहण गर्न सकिन्छ ।

भिडियाे 

Write your Comment


Related News
  • Nepal Tourism Board scales back budget by 75 percent as revenue streams disappear
  • होटल संघद्वारा स्वास्थ्य सुरक्षा अभिमुखिकरण तालिम आयोजना
  • आन्तरिक उडानका लागि बुद्धले सार्वजनिक गर्यो नयाँ भाडादर
  • The impact of COVID-19 on tourism around the globe
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी