ताजा समाचार

आज    |   

कर्जाको ब्याजदर ३ प्रतिशतसम्म घटाउन निजी क्षेत्रको माग



लकडाउनका कारण व्यापार तथा व्यवसायमा असर परेको भन्दै निजी क्षेत्रका व्यवसायीहरुले ब्याज घटाउन सरकारसंग माग गरेका छन् । आईतबार नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डलको टोलिले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कर्जाको ब्याजदर ३ प्रतिशतसम्म घटाउन माग गरेका छन् ।

कोरोना भाईरसका कारण देश नै लकडाउन भए पछि सबै भन्दा बढि असर पर्यटन क्षेत्रमा परेको र नेपालमा एक वर्षसम्म पर्यटक आउने सम्भावना नरहेकाले यससँग सम्बन्धित व्यवसायका लागि विशेष व्यवस्था गर्न पनि माग गरेका छन्।

व्यवसायी  टोलीले पर्यटन व्यवसायीहरुका लागि ‘ऋणीले ०७६ चैतभित्र बुझाउनुपर्ने मासिक, त्रैमासिक किस्ता भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट हुने व्यवस्था आवधिक लोनमा मात्र लागू नगरी चालु पुँजी र टीआर लोनलगायत सबै प्रकारका कर्जाको ब्याजमा १० प्रतिशत छुट दिइनुपर्ने’ माग गरेको छ । संक्रमणकालीन अवस्थामा उद्योग प्रतिष्ठान सञ्चालन गर्न नगद मौज्दात चाहिने भएकाले केही समयका लागि ऋणीको खाताबाट स्वतः मौज्दात रकम कट्टी नगर्ने व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ ।

महासंघले यस अघि अर्थमन्त्री युवराज खतिवडालाई भेटेर व्यवसायीका समस्यका बारेमा जानकारी गराएको थियो ।

महासंघबाट पेश गरिएका सुझावहरूः

१. पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको लागि २०७६ चैत्र महिनादेखि कर्मचारी तथा कामदारको एक वर्षको तलब, ज्याला भुक्तानीको लागि कम्पनी तथा फर्म(प्रतिष्ठान)ले दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जा (Refinancing) को व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दि (Installment) मा दुई वर्षभित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने । अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म (प्रतिष्ठान)हरुले २०७६ चैत्र महिनादेखि कर्मचारी तथा कामदारको छ महिनाको तलब, ज्याला भुक्तानीको लागि दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा एक वर्षभित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने ।

२. बैंकको ब्याज लागतलाई न्यूनिकरण गर्न पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको कम्पनी तथा फर्म (प्रतिष्ठान)को एक वर्षको व्याज दुई प्रतिशत ब्याज दरमा हुनेगरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा दुई वर्ष भत्र तिर्ने व्यवस्था मिलाइनु पर्ने । साथै, अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म (प्रतिष्ठान) को छ महिनाको व्याज दुई प्रतिशत ब्याज दरमा हुनेगरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा एक वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने ।

३. मौद्रिक उपकरण लगायत अरू कुनै व्यवस्था गरी सबै प्रकारको कर्जाको ब्याजदर तीन प्रतिशत बिन्दुले घटइनु पर्ने ।

४. नेपाल राष्ट्र बैंकबाट २०७६ चैत्र १६ गते जारी भएको निर्देशन भए अनुसार ऋणीले २०७६ चैत्र मसान्त सम्म बुझाउनु गर्नुपर्ने मासिक/त्रैमासिक किस्ता भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट हुने व्यवस्था Term Loan मा मात्र लागु नगरी Working Capital Loan र TR Loan लगायतका सबै प्रकारका कर्जाहरूको व्याजमा १० प्रतिशत छुट दिइनु पर्ने ।

५. उद्योग प्रतिष्ठानको कार्य संचालन गर्न कम्पनी तथा फर्मलाई नगद मौज्दात आवश्यक पर्ने भएकोले हाललाई ऋणीको खाताबाट स्वतः मौज्दात रकम कट्टी नगर्ने व्यवस्था गरिनु पर्ने ।

६. हालको CCD Ratio लाई खुकुलो गर्नु पर्ने ।

७. बचत र ऋण बिचको ब्याजदर अन्तर (Spread Rate) लाई ०.५ प्रतिशत बिन्दुले घटाइनु पर्ने ।

८. कोभिड–१९ ले गर्दा विदेशीमा रोजगारीको अवसर घट्ने भएकोले स्वदेशमा नै रोजगारीको संख्या बढाउनु पर्ने सन्दर्भमा Labour Intensive, निर्यातमुलक रुग्ण उद्योगलाई Soft Loan प्रदान गरी रुग्ण उद्योग संचालन गर्ने व्यवस्था गरिनु पर्ने ।

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • कोभिड १९ को मारमा साना तथा मझौला होटल व्यवसायी, माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने
  • पर्यटन क्षेत्रका १२ संघसंस्थाहरुले भने ‘छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने’ पर्यटन क्षेत्रका १२ संघसंस्थाहरुले भने ‘छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने’
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी