आज    |   

द क्वारेन्टाइन



नामग्याल घलेतालाबन्दी अर्थात लकडाउनको आज चौथो दिन। सबैको जसो मेरो पनि दिनचर्या लथालिङ छ। नहुनु पनि किन, संक्रमणले उग्र रुप लिसकेको छ। हिजो मै हु भनि अहम राख्ने पुजीबादि राष्ट्रहरु पनि तछाडमछाड गर्दैछन्।

अगिलो ३ दिनको दैनिक टिपोट मैले राति लेखेको थिए। कतै छाप्नका निम्ति भने लेखेको पटक्कै हैन। संसारिक रंगीन भिडबाड बीच हराएको मेरो लेख्ने बानी फेरी खोज्नु थियो, मनको भाव शब्दहरु माझ पोख्नु थियो ।

युगौ पछि म कुम्भकर्ण; सुर्यले गाउमा आशनग्रहण गर्नुपूर्व नै उठे। आश्चर्य चकित लागिरहेको होला। यदि उनी बोल्ने भए मलाई अवश्य सोध्ने थियो;  कसरी मनुष्य ? पूर्ण असम्भव।

घरमा छाता वाला टिभी जोडेको धेरै बितिसक्यो तर  बा-आमाले हेर्ने च्यानल भने कुलमिलाएर त्यस्तै ४, ५ ओटा नेपाली समाचार । चियासंगै यसो रिमोट तेर्साएर आखा गुमाउछु, कोरोना बाहेक अरु बिषय बोलेको भेटिएन। अर्को च्यानल हेरौ भने लगभग एक डाडो चड्नु पर्छ। पुरानो रिमोटले च्यानल सार्ने खासै जागर चलेन। फेरी दुर्भाग्यबस सेटिंग बिग्रीहाले आमाको मिठो ‘दुई शब्द’ झर्ने नै भयो।

भै गो भनेर ल्यापटप खोले। कान्तिपुर देखि न्युयोर्क टाईम्स सम्म; सरर हेरे। खबरकागज पढने पुरानै बानी भएपनि कोरोना पछि सतही रुपमा मात्र पढने गरेको छु । थुप्रै अर्थशास्त्रीहरुको टिप्पणी नियाल्दा अबको विश्व अर्थराजनीति कोरोना अगाडी र कोरोना पछाडी हुने विश्लेषण गर्दैछन्। यो दुखद समय एक बिन्दुमा पुगेर अवश्य रोकिनेछ तर संसारले कोल्टे फेर्नेमा दुई मत छैन।

अहिलेको लागि पर्ख र हेरको स्थिति बाहेक अरु विकल्प म देख्दिन।

ह्याया!  छोडदिम यस्ता झाऊ लाग्ने बातहरु ।

आज मलाई एकाबिहानै केहि लेख्न मन लाग्यो। खै किन हो, आजै नदुख्ने सुर्ता लागिरहेको छ। खासै सन्चो मह्सुस भैरहको छैन। मलाई सम्न्झना भएसम्म करिब २ वर्ष जति भैसक्यो, रुगाले छोएको नहुनु पर्ने हो।

यहि मनोवैज्ञानिक सन्देह र विश्वब्यापी महामारीको बीच आजै मेरो नाक किन थुन्नु पर्यो। आफैसंग बेजोड रिस उठिरहेको छ। टन्न दाउराको भारीलाई नाम्लोले बोकेझै टाउको गरुङ्गो महसुस पनि नभएको होइन ।

धेरैमा घर आएका म, हिजो सफा गर्ने सुरमा आङ तन्काएको थिए। आमा खुसी देख्नुहुन्थियो। घर छेवैको अन्तरास्ट्रिय कच्चि सडकले घर धुलाम्मे पार्नुमा कुनै नौलो कुरा भएन।

दुई दर्जन बसन्त पार गरिसक्दा पनि छोरोको अल्क्षिपन देखेर दिक्क लाग्दो हो। मेरो समकालिनहरुले नाति-नातिनी उपहार दि-सकेको बेलाबखत कुरा उठीरहन्छ। पन्चर टालेझैँ म पनि विभिन्न बाहानाले यस्तै पारिवारिक बहसहरु टाली हाल्थ्ये। टायर रुपी बाहाना आखिर चल्दोरहेछ।

दिनको मध्यतीर पेट पुजा पश्चात पुरानो गलैचा विक्ष्याउदै हाम्रो घाम ताप्ने मुख्य कार्यक्रम अगाडी सारियो।

आजको एजेन्डा: खोला बढेको समन्धमा। पोर हाम्रो गाउतल्तिरको ‘भोटेकोशी’, राति एक्कासी बढेको सम्चार सामाजिक संझालमा ब्याप्त देखेको थिए।

सम्चार देखेर म निक्कै आत्तिए । अनि हत्तासमा मैले बालाई तुरुन्त फोन गरे । उहासंग बुज्दा सबै सुरक्षित र सकुसल रहेको बताउनु भएको थियो । हाम्रो संवादको केहि टुक्रो मधुरो सम्झना अहिले पनि मनमा झुन्डाएको रहेछु । आमाले, “लेकतिरबाट हिउ पग्लेर खोला बढेको हुन सक्ने वा त्यतै पहिरो खसेको हुनु पर्ने ठोकुवा भनाम ठम्याई”  आज राख्नु भयो ।

सिर्फ खोलाको सतह सामान्यरुपमा बढेको हुनुपर्ने सोझै अनुमान लगाउन सकिन्छ ।

सामाजीक संझालमा पूर्ण सेन्सरशिप हुदैन। बिचार र सूचना राख्न पाइने साझा थलो हो। तर अपर्याप्त सुचना र वास्तविक भन्दा धेर फुलबुट्टे शम्प्रेशनले तेस्रो पक्ष्यको मानसिकलाई असर जरुर गराउछ।

यति लेख्दै गर्दा मैले कसैको व्यक्तिगत स्वतन्त्रता माथि प्रश्न गरेको कदापि होइन। गर्ने अधिकार पनि छैन।

बाले जिस्किंदै; आकाशमा पनि तालाबन्दि लागेको हो र? बादलहिन आकाशमा सुर्य मात्र यात्रारत रहेछ।

खैर, यहि तापको बीच मलाई चिसोले कसरी समातेकोमा म बेखबर छु। बेखबरको भाबुजुत पनि कोविड-१९ को खबर भने मेरो सहमति बिनै खोल्तीभरि टुप्लुका आएर बास बसेको छ। सुचना- खबर हुदैमा सन्देह र सुर्ता कम हुने भन्ने होइन रहेछ।

बेस्वादिलो फुर्सदको समय कटाउन फेसबुकनेर आँखा दकेल्दै गर्दा स्वास्थमन्त्रिको कुरा सुनेर एकैछिन हासे । उहाले भन्नु भएको रहेछ, “ पी.पी.ई भर्खरे पहिको चोटी सुनेको र त्यो  बिना भात पनि पकाउन मानेनन रे ”

“यति खेर जिन्दगी खेर गएझै लाग्छ” नवराज पराजुलीको एउटा वाक्य बिनसित्ति मेरो मनमा फुट्यो।

त्यहि बीच चीनबाट ल्याउन लागेको मेडिकल सामग्रीमा घोटाला भएको खबर पनि सामाजिक संजालमा बहसहरु छ्यापछ्याप्ती देखिन्थाल्यो  ।

सोहि दिन नारायण गाउलेले आफ्नो फेसबुक मार्फत लेखेको मलाई औधी मन पर्यो । थोरै सापटी लिएर म एता पनि जोडछु है।

व्यंगगर्दै उहा लेख्नु हुन्छ, “कार्यकर्ताले नेताको प्रसंशा गर्नु त सामान्य नै भयो।  तर सभ्य देशमा कुनै नेताको आचरण या गतिविधिमा प्रश्न उठ्यो भने त्यसको जबाफ नेताले नै दिने गरेको भेटिन्छ… “मैले उहाँलाई बीस वर्षदेखि चिनेको छु । यस्तो बेलामा पनि प्रश्न गर्न सुहाउँछ ?” आदि आदि ।

यो एसईई परीक्षा हो र वर्षमा एकपल्ट मात्र प्रश्न गर्न पाइने ?…प्रश्न उठ्नेबित्तिकै कोही भ्रष्ट हुँदैन । अझ गल्ती गर्दैमा पनि मान्छे भ्रष्ट नहुन सक्छ ।…. तर हरेक प्रश्नको उत्तरदायित्व सधैँ कर्ताकै हुन्छ । तथ्य खोज्ने गणितीय प्रश्नको जबाफ दार्शनिक या इमोशनल हुनु हुँदैन”

उसो त, चारैतिर बेतलबी जबाफ-बहादुर हुने भएपछि नेताले जबाफदेही बन्ने कष्ट किन गरोस् र !

हिजो भिजाएको कपडाहरु धोएर झुण्डाई दिऊ त! गृहबाट पुर्व अपेक्षित आदेश जारी भयो। आमा, मलाई पुरानो मान्छेहरुले भनेको ‘शुक्रबार घाम डुब्नै लाग्दा मैलो पखाल्नु हुन्न रे’

यो सुनेर आमा खुलेर हास्नु भयो । कार्यक्रम भोलीको लागि स्थगित भएकोमा म पनि हर्षित नै थिए ।

घर नजिकैको बिजुली खम्बानेर एउटा काग  निकैबेर बोलिरहयो। एकनासले सुनिरहे । म गवारले सुक्को बुझ्न सके पो ।

अलिकती पढेको, बाल्यकाल यतै हुर्केको- कौतुहल्ता र सुर्ताको दोवानमा घाम तापिरहेको छु ।

काग अगि नै उडी फर्कियो, मैले बाटो हेर्ने जागर गरिन ।

 

(लेखक विकास अध्यनका विधार्थी हुन् । समाज, राजनीति र साहित्यमा रुचि राख्छन)

Write your Comment


Related News
  • Nepal Tourism Board scales back budget by 75 percent as revenue streams disappear
  • होटल संघद्वारा स्वास्थ्य सुरक्षा अभिमुखिकरण तालिम आयोजना
  • आन्तरिक उडानका लागि बुद्धले सार्वजनिक गर्यो नयाँ भाडादर
  • The impact of COVID-19 on tourism around the globe
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी