ताजा समाचार

आज    |   

पर्यटन क्षेत्रलाई राष्ट्र बैंकको राहात प्याकेज, किस्ता नतिरे पनि नयाँ कर्जा पाउने



नेपाल राष्ट्र बेंकले पर्यटन व्यवसायीहरुको लागि राहात व्याकेज बनाएको छ । पर्यटन व्यवसायीमा कोरोनाको प्रभाव धेरै परेका कारण नेपाल राष्ट्र बेंकले २०७६ पुष मसान्तसम्मको सावाँ र ब्याज नतिरेको भए पनि नयाँ कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

आइतबार सर्कुलर जारी गरी राष्ट्र बेंकले पर्यटन र यातायात व्यवसायीले पुष मसान्तको सावाँ र ब्याजको बक्यौता रहेता पनि आबश्यकता अनुसार निश्चित सिमासम्म नयाँ कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। यस्तो कर्जा प्रवाह गर्दा ०।२५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाईने राष्ट्र बेंकले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीका कारणले उत्पन्न असहज परिस्थितिमा मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय, तथा वित्तीय क्षेत्र समेत प्रभावित भएपछि राष्ट्र बैंकले नेपाल राष्ट्र बेंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी क, ख, ग र घ बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई प्रभावित क्षेत्रमा छुट प्रदान गर्न निर्देशन दिएको हो।

यस्तो छ सर्कुलर



Write your Comment


Related News
  • गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी
  • कोरोनाबाट विदेशमा १ सय २१ नेपालीले ज्यान गुमाए, कुन देशमा कति हेर्नुहोस्
  • लकडाउन लम्बियो, हावाई सेवा असार १६ गते सम्म बन्द
  • कर्णाली प्रदेश-नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्यटन क्षेत्र, सुरक्षित आकर्षक र विशिष्ट पर्यटकीय गन्तव्य बनाउने देखि पर्यटन उद्योगलाई सहयोग गर्ने सम्म कार्यक्रम
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी