आज    |   

पर्यटन व्यवसायीलाई राहात, चैत्र महिनाको कर्जाको सावा र ब्याज नलिन बैंकहरुलाई सरकारको निर्देशन



कोरोना भाइरसका कारण पर्यटन व्यवसायीहरुलाई आफ्नो व्यवसाय चलाउन मात्र नभई बैंकको किस्ता र ब्याज बुझाउन सकस परेको बेला सरकाले बैंकहरुलाई चैत्र महिनाको कर्जाको सावा र ब्याज नलिन निर्देशन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले कोरोनाबाट प्रभावित व्यवसायको कर्जाको सावा तथा ब्याज असुली चैत मसान्तससम्म स्थगन गर्ने निर्णय गरेको हो । अब नेपाल राष्ट्र बैंकले त्यस्ता व्यवसायहरुको पहिचान गरी यो सुविधा कस्लाई कस्लाई दिने भन्ने निर्णय गर्नेछ । यस्तो सुविधा गैरबैंकिङ वित्तीय संस्थाका ऋणीले पनि पाउनेछन् ।

सिजनाका बेला कोरोना भाइरसका कारण व्यवसाय बन्द गरे पछि व्यवसायीहरु चिन्तीत बनेका छन् । सिजनमा यस्तो हुनु भनेको पर्यटन क्षेत्रका लागि दुर्भाग्य जस्तै भएकाले पर्यटन व्यवसायमा आर्थिक संकट उत्पन्न हुन नदिन सरकारसंग व्यवसायीहरुले पटक पटक माग समेत गरेका थिए ।

Write your Comment


Related News
  • द क्वारेन्टाइन
  • पर्यटन क्षेत्रलाई राष्ट्र बैंकको राहात प्याकेज, किस्ता नतिरे पनि नयाँ कर्जा पाउने
  • यस्ता छन् जापानका पर्यटकीय गन्तव्यहरु (भिडियोमा हेर्नुहोस्)
  • यस कारण दुर्घटनामा परेको हो नेपालगञ्जमा नेपाल एयरलाइन्सको बिमान ? यस कारण दुर्घटनामा परेको हो नेपालगञ्जमा नेपाल एयरलाइन्सको बिमान ?
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी