ताजा समाचार

आज    |   

दुई दिन पछि खुल्ला आकासमा तारा र बुद्ध एयरको जहाज, पर्यटक लिन उड्यो लुक्ला र पोखरा



दुई दिन पछि खुल्ला आकासमा तारा र बुद्ध एयरको जहाज उडेको छ । देशमा कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपनि लुक्लामा अलपत्र परेका विदेशी पर्यटक लिन तारा र बुद्ध एयरको जहाज उडाईएको हो । ७० वर्षे उड्डयन इतिहासमा यो पहिलो घटना हो ।

कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिको बुधबारको बैठकले गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा नेपालका विभिन्न स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई हवाइ उद्धार गरी काठमाडौं ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गर्ने भने पछि वुद्ध र तारा एयरले पर्यटक बोक्न अनुमति पाएका हुन ।

काठमाडौंस्थित फ्रान्सेली दूतावासले तारा यएरको १८ सिट क्षमता भएको ट्वीनटर जहाज लुक्ला पठाएको हो । भने वुद्ध एयरको जहाज पोखरा पठाइएको छ ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी