आज    |   

पर्यटन उद्योगबाट हरेक दिन १० लाखले रोजगारी गुमाउदै



कोरोना भाइरसका कारण विश्वभर पर्यटन उद्योगबाट हरेका दिन १० लाख व्यक्तिले रोजगारी गुमाउने गरेका छन् । विश्व यात्रा र पर्यटन परिषद् (डब्ल्यूटीटीसी) का अनुसार कोरोना भाइरस महामारीका कारण यात्रा र पर्यटन क्षेत्रमा दैनिक १० लाखले रोजगारी गुमाउनु परेको जनाएको छ ।

डब्ल्यूटीटीसी ले विश्वभरी फैलिएको भाइरसका कारण एक देश बाट अर्को देशमा पर्यटक घुम्न जान नसक्नु तथा भाइरस नियन्त्रणका लगि सरकारले देश नै लक डाउन गर्नुले होटल र ट्राभव क्षेत्र चल्ने अवस्था नभएकाले पयर्टन व्यवसायीहरूलाइ सरकारले थप सहयोग नगरे पयर्टनको अवस्था बिग्रने बताएको छ ।

उसले विश्वव्यापी अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती कोरोना भाइरसले व्यापार, ट्राभल उद्योग र लगानीकर्तालाई हानी पुर्‍याएको बताउदै जोखिममा परेका व्यक्तिको तलब, आय र रोजगारीको संरक्षण र ब्याजमुक्त गरी ठूला र साना पर्यटन व्यवसायलाई तरलता प्रदान गर्ने। यसले १२ महिनाको लागि सबै बक्यौता, करहरू वा वित्तीय शुल्कहरू माफ गर्ने वा हटाउने अहिलेको विकल्प रहेको बताएको छ ।

Write your Comment


Related News
  • बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने निर्णय
  • द क्वारेन्टाइन
  • पर्यटन क्षेत्रलाई राष्ट्र बैंकको राहात प्याकेज, किस्ता नतिरे पनि नयाँ कर्जा पाउने
  • यस्ता छन् जापानका पर्यटकीय गन्तव्यहरु (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी