आज    |   

होटल संघ बाग्मती प्रदेशको ११ बुँदे माग, सरकार होटल तथा पर्यटन व्यवसायलाई मलम लगाउन ?



छिमेकी चीन हुँदै १०० भन्दा बढी मुलुकमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) बाट होटल व्यवसायमा परेको गम्भीर संक्रमणमा मलम लगाउन होटल तथा पर्यटन व्यवसायी संघ बाग्मती प्रदेशले सरकार संग माग गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गदै आन्तरिक तथा बाह्य पर्यटकहरु कै भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय कोरोना भाइरसका कारण पूर्ण रुपमा धारासायी बन्ने स्थिति भएकाले तत्काल सरकारले केहि राहातका प्याकेज ल्उनुपर्ने भन्दै ११ बुँदे माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ कोरना भाइरसका कारण विश्वभरका अधिकाँश देशहरुले संकटकाल घोषणा गरी आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन सूचित समेत गरेका छन् । जसका कारण आज देशभरका सम्पूर्ण व्यवसाय ठप्प प्रायः छन् । अझ त्यसमा पनि स्वदेश तथा विदेशका पर्यटकहरुको भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय त पूर्ण रुपमा धारासायी हुने देखिएको छ । होटल तथा पर्यटन व्यवसायलाई आफ्नो जीवन यापनको मूल आधार बनाएर व्यवसाय सञ्चालन गरिरहेका अधिकाँश व्यवसायीहरुको व्यवसाय अहिले पूर्णविराम लाग्ने अवस्थाको सँघारमा छ । कोरोना भाईरसका कारण विश्वव्यापी रुपमा फैलिएको महामारीको असरले गर्दा देशको अर्थतन्त्र नै धारासायी बनेको वर्तमान परिप्रेक्षमा आन्तरिक तथा बाह्य पर्यटकहरु कै भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय पूर्ण रुपमा धारासायी भयो भने यसले सिंगो देशको अर्थतन्त्रमा नै दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने कुरामा दुई मत रहँदैन ।

त्यसैले अप्रत्याशित रुपमा आईपरेको यस प्रकारको विषम परिस्थितिमा देशभरका साना, मझौला तथा ठूला व्यवसायीहरुलाई बचाईराख्न र सिंगो होटल तथा पर्यटन व्यवसायलाई नै पूर्ण रुपमा ध्वस्त हुनबाट बचाउन सरकार संग माग गर्दछौँ ।

१, नेपाल सरकारका सम्बन्धित निकायमा दर्ता गरी वैधानिक रुपमा सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवासाय सञ्चालन गरिरहेका व्यवसायीहरुले बैंकबाट लिएको व्यवसायिक कर्जाको व्याजमा ५०% छुट गराईदिनु हुन ।

२, होटल तथा पर्यटन व्यवसायमा सरकारका तर्फबाट लगाईएका सम्पत्तिकर, व्यवसायकर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका राजस्वहरुमा छुटको व्यवस्था गर्नुका साथै विभिन्न दस्तुरहरु, पानी, विजुली लगायतका महशुलमा ५०% प्रतिशत छुट गरी राहतको व्यवस्था गराइदिनु हुन ।

३, घरजग्गा, सटर, कोठा आदि बहालमा लिई होटल तथा पर्यटन व्यवसाय गरिरहेका व्यवसायीहरुले बुझाईरहेको घर बहालमा ५०% छुट गराउने व्यवस्था मिलाईदिनु हुन साथै उक्त छुट गराए बापत घर धनीलाई समेत घर बहाल करमा समेत छुट दिने व्यवस्था गरिदिनु हुन ।

४, होटल तथा पर्यटन व्यवसायमा कार्यरत कर्मचारीहरुले पाउने माशिक तलब सुविधा मध्ये ५०% सम्बन्धित व्यवसायीले र बाँकी ५०% तलब सुविधा सामाजिक सुरक्षा कोष मार्फत उपलब्ध गराउने व्यवस्था मिलाइदिनुहुन ।

५, होटल तथा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले बैँकबाट लिएको कर्जा बापत बैँकलाई बुझाउनु पर्ने माशिक किस्ता वा व्याज हाललाई बढीमा एक वर्षसम्मका लागि नबुझाउँदा पनि तत् पश्चात् नियमित रुपमा बुझाउनेलाई जरिवाना मिनाहा गर्ने व्यवस्था गराईदिनु हुन ।

६, वर्तमान अवस्थामा बजारमा देखा परेको मास्क, हेण्ड सेनिटाईजर, औषधि जस्ता अत्यावश्यक बस्तुहरुको कालोबजारी तथा कृतिम अभावलाई तत्काल सम्वोधन गर्नु हुन ।

७, अधिकाँश होटल तथा पर्यटन व्यवसाय बन्द हुने स्थिति भएको र त्यसमा कार्यरत कर्मचारीहरु आ आफ्नो घर फर्कने अवस्था भएकाले ती कर्मचारीहरुका लागि नेपाल सरकारका यससँग सम्बन्धित निकायहरु जस्तै नाथम, पर्यटन मन्त्रालय, पर्यटन वोर्ड, घरेलु तथा साना उद्योग, नेपाल भ्रमण वर्षको सचिवालय आदिद्वारा विभिन्न खालका स्तरवृद्धिका तालिमहरुको आयोजना गर्ने व्यवस्था मिलाईदिनु हुन ।

८, बागमति प्रदेशभित्र रहेका १३ वटै जिल्लामा छरिएर रहेका होटल तथा पर्यटन क्षेत्रमा आवद्ध विभिन्न व्यवसाय तथा तीनका स्तर, स्वरोजगार एवं रोजगारी संख्या आदिको विस्तृत तथ्याँक अद्यावधिक गरी राज्यका सम्बन्धित निकायहरुसँ प्रत्यक्ष रुपमा जोडिने वातावरणको सिर्जना गर्न यस संघलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराईदिनु हुन ।

९, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार मार्फत तर्जुमा गरिने होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित नीति नियम वा अन्य कानूनी व्यवस्थाको तर्जुमा गर्दा यस संघसँगको परामर्श वा तत् तत् कार्यका लागि गठन गरिने समिति तथा उपसमितिमा यस संघको समेत प्रतिनिधित्व गराउनु हुन ।

१०, सदैव सुगम स्थानमा मात्र होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने वर्तमान परिपाटीको अन्त्य र देशको सर्वांगिण विकासलाई मध्यनजर गर्दै देशका विभिन्न दुर्गम स्थानमा रहेका पर्यटकीय क्षेत्रहरुमा समेत वैज्ञानिक एवं आधुनिक स्तरका होटल तथा पर्यटन व्यवसायहरु सञ्चालनका लागि विद्यमान झण्झटिला कानूनी एवं प्रशासनिक प्रक्रियाहरुलाई सहज एवं सरल बनाई व्यवसाय विस्तारको वातावरण मिलाईदिनु हुन ।

११, पर्यटकीय क्षेत्रमा रात्रिकालिन शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायहरु सञ्चालनका लागि अनुकूल वातावरणको आवश्यक व्यवस्था मिलाईदिनु हुन ।

 

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लामा छरिएर रहेका ठूला मझौला तथा साना होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित करिब २६ वटा संघहरु आवद्ध रहेको संस्था हो होटल तथा पर्यटन व्यवसायी संघ नेपाल ।

Write your Comment


Related News
  • द क्वारेन्टाइन
  • पर्यटन क्षेत्रलाई राष्ट्र बैंकको राहात प्याकेज, किस्ता नतिरे पनि नयाँ कर्जा पाउने
  • यस्ता छन् जापानका पर्यटकीय गन्तव्यहरु (भिडियोमा हेर्नुहोस्)
  • यस कारण दुर्घटनामा परेको हो नेपालगञ्जमा नेपाल एयरलाइन्सको बिमान ? यस कारण दुर्घटनामा परेको हो नेपालगञ्जमा नेपाल एयरलाइन्सको बिमान ?
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी