आज    |   

करार कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय



करारमा नियुक्ति गरिएका कर्मचारीहरुलाई नेपाल वायुसेवा निगमले बेतलबी बिदा दिएको छ । नेपाल वायुसेवा निगमले करारमा रहेका एकतिहाइ कर्मचारीहरुलाई अर्को सूचना जारी नभएसम्मका लागि १० दिन, २ सातता लागि बिदा दिइएको छ ।

निगमका अनुसार हाल करार सेवामा रहेका १५० एयर होस्टेस, १० विदेशी पाइलट र ५ नेपाली पाइलटलाई बेतलबी बिदा दिएको जनाएको छ ।

निगमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन कार्यमा संलग्न करारका कर्मचारीलाई पनि निगमले बिदा दिएको छ । निगमले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत ९ गतेदेखि लागू हुने गरी स्थगित गरेको छ । उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुलाई टिकटको पुरै रकम उपलब्ध गराइने जनाएको छ ।

Write your Comment


Related News
  • द क्वारेन्टाइन
  • पर्यटन क्षेत्रलाई राष्ट्र बैंकको राहात प्याकेज, किस्ता नतिरे पनि नयाँ कर्जा पाउने
  • यस्ता छन् जापानका पर्यटकीय गन्तव्यहरु (भिडियोमा हेर्नुहोस्)
  • यस कारण दुर्घटनामा परेको हो नेपालगञ्जमा नेपाल एयरलाइन्सको बिमान ? यस कारण दुर्घटनामा परेको हो नेपालगञ्जमा नेपाल एयरलाइन्सको बिमान ?
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी