ताजा समाचार

आज    |   

यात्रु नपाएपछि हवाई भाडा घट्यो, नेपालगञ्जको हवाई टिकट २६ सय रुपैयाँमा बिक्री



कोराना भाइरसको प्रत्यक्ष प्रभाव हवाई कम्पनीमा परेको छ । यात्रु नपाएपछि आन्तरिक उडान गर्ने हवाई जहाज कम्पनीबीच भाडा घटाएर भए पनि हवाई सेवा सञ्चालन गर्न बाध्य भएका छन् । भाइरसका कारण पहिलेको भन्दा विभिन्न गन्तब्यको हवाई भाडा आधा सस्तो भएको छ। हवाई कम्पनी बुद्ध एयर,यति एयरलाइन्स,श्री एयरलाइन्स, सौर्य एयरलाइन्सले पोखरा, विराटनगर, धनगढी, भैरहवा, नेपालगञ्ज, भद्रपुर, भरतपुर लगायत गन्तब्यको भाडा घटाएका छन्।

अहिले काठमाडौँ नेपालगञ्जको एकतर्फी भाडा २६ सय रुपैयाँमा झरेको छ। सामान्य समयमा यो गन्तब्यको सस्तो भाडादर ४ हजार रुपैयाँ हो भने अधिकतम १० हजार रुपैयाँ हो।

यस्तै अहिले काठमाडौं पोखराको एकतर्फी भाडा १८ सय रुपैयाँमा झरेको छ। सामान्य समयमा यो गन्तब्यको सस्तो भाडादर २७ सय रुपैयाँ हो भने अधिकतम ५ हजार ५० रुपैयाँ हो ।

काठमाडौं विराटनगरको भाडा पनि घटेको छ । अहिले यहाँ २३ सय रुपयामा यात्रा गर्न सकिन्छ । यस गन्तब्यमा उडान गर्ने सबै कम्पनीले अधिकतम ७ हजार ६ सय रुपैयाँ र न्यूनतम ४७ सय रुपैयाँ तोकेका थिए।

यात्रु नभए पछि कम्पनीको प्रतिस्पर्धाकै कारण काठमाडौं धनगढी उडानको भाडा ४ हजार रुपैयाँमा झरेको छ। यो गन्तब्यमा उडान गर्ने कम्पनीले सामान्य समयमा न्यूनतम ५ हजार ९ सय रुपैयाँ र अधिकतम १२ हजार ७ सय रुपैयाँमा टिकट बिक्री गर्ने गर्दथे ।

काठमाडौं भैरहवाको टिकट पनि घटेको छ । अहिले यहाँ २ हजार मा टिकट पाईन्छ । सामान्य समयमा भैरहवा उडान गर्ने कम्पनीले न्यूनतम ४३ सय रुपैयाँ र अधिकतम ६२ सय रुपैयाँमा टिकट बिक्री गर्दै आएका थिए।

कोरोना भाइरसका कारण यात्रुको संख्या घटेका पछि हवाई कम्पनीहरु बिच भाडामा चर्को प्रतिस्पर्धा सुरु भएको हो ।

Write your Comment


Related News
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी