ताजा समाचार

आज    |   

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण अब अलग–गलग



नेपाल हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण अब अलग अलग भएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ स्वीकृत गरे पछि दुबै प्राधिकरण अलग अलग भएका हुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस्, भनी राष्ट्रियसभामा प्रस्तुत गर्नुभएको दुवै विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो ।

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण नियमनकारी र सेवा प्रदायक काम गर्ने अलगअलग संस्था भएकाले अधिकार र दायित्वको विषयमा अलमल नहोस भनि फागुन ११ गते मन्त्री भट्टराईले संसदमा विधेयक दर्ता गराउनुभएको थियो ।

Write your Comment


Related News
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको सटही दर
  • नेपालमा कोरोनाबाट २८ जनाको मृत्यु, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी