ताजा समाचार

आज    |   

सुर्खेतका होटल सुनसान, दिन थाले कर्मचारिलाई बिदा



दिपक जैसी /सुर्खेत

दिनहुँ जसो कार्यक्रम ले भरिभराउ हुने सुर्खेतका होटलहरु यति बेला कोरोना भाईरसका कारण सुनसान हुन थालेका छन् । कोरोना भाईरसको डरले होटलमा आउने पर्यटक तथा विभिन्न संघ संस्थाका कार्यक्रमहरु हुन छाडेपछि होटलहरु सुनसान बन्न पुगेको व्यवसायीहरु बताउँछन् ।

होटलमा कार्यक्रम र पाहुना कम भए पछि कर्मचारीको काम नहुने भएकाले व्यवसायीहरुले कर्मचारीहरुलाई बिदा दिन थालेका छन् । होटलमा १५ देखि २० प्रतिशत पाहुना आउन थाले पछि चैत १ गते देखि लागु हुने गरी कर्मचारीलाई तलबी तथा वेतलबी बिदा दिई घर पठाएका छन् ।

बिदा दिनेमा शुभ होटल प्रालि ले १० जनालाई तलबि बिदा दिई घर पठाएको मेनेजर दमनजंग शाहाले बताए । देशै भर शाखा सञ्जाल रहेको सिद्धार्थ शनी रिसोर्टले पनि आफ्ना १० जना कर्मचारीलाई  वार्षिक बिदा कटाउनेगरी बिदा गरेको मेनेजर प्रदिप न्यौपानेले बताए । यस्तै पिपलचौतरामा रहेको होटल नमस्ते नेपालले पनि बिदामा बस्ने कर्मचारीलाई बिदा दिदै केहि कर्मचारीलाई होटलको नियम अनुसार केहि मैनाको लागि बिदा गरेको छ ।

कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन शुरु गरिएको व्यवसायी बताउछन् । बाह्ै महिना पाहुना तथा कार्यक्रमले भरिभराउ हुने यहाँका होटलहरुमा रारा जाने पर्यटकीय सिजन सुरु हुदा पनि बुकिङ नआउनु र सरकारले कोरोना भाईरसबाट संक्रमण हुन नदिन मेला महोत्सव, कार्यक्रम जस्ता क्रियाकलाप मा रोक लगाउनुले सुर्खेतका होटलहरु सुनसान हुन पुगेका हुन । हाल सुर्खेतमा १३ वटा मात्र पर्यटक बस्न मिल्ने स्तरिय होटल रहेका छन् ।

Write your Comment


Related News
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको सटही दर
  • नेपालमा कोरोनाबाट २८ जनाको मृत्यु, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी