ताजा समाचार

आज    |   

कोरोनाको असरले अन्तर्राष्ट्रिय उडान प्रभावित



कोरोना भाइरसको त्रासका कारण सरकारले पर्यटन भिसामा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ। सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी वैशाख १८ सम्मका लागि नेपाल आउने सम्पूर्ण देशका पर्यटकसहित गैरआवासीय नेपालीलाई अनअराइभल भिसा नदिने निर्णय गरेको हो। हालसम्म गैरआवासीय नेपालीले परिचयपत्रका आधारमा भिसा पाउँदै आएका थिए।

तर, अत्यावश्यक अवस्थामा नेपाल आउँदा स्वास्थ्य जाँच प्रमाणपत्रका आधारमा भने भिसा आवेदन दिन सकिने निणर्य सरकारले गरेको छ। सरकारले अनअराइभल भिसामा गरेको कडाइ र १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने व्यवस्थाको असर नेपालमा हुँदै आएका अन्तर्राष्ट्रिय उडानमा परेको नागरिक दैनिकमा खवर छ ।

Write your Comment


Related News
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको सटही दर
  • नेपालमा कोरोनाबाट २८ जनाको मृत्यु, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी