ताजा समाचार

आज    |   

आक्रान्त पर्यटन : चुनौती लाई अवसर मा बदलौं !



विष्णु खनाल, उप प्रध्यापक टोवकयो मेटरोपोवलटन विश्वविद्यालय, जापान

अहिले कोरोना भाइरस ले अन्तराष्ट्रिय पर्यटन ठप्प प्राय छ । चाइना बाट सुरु भएको यो भाइरस अहिले कोरिया, जापान इटाली तथा ईरानमा उग्र रूपमा फैलिरहेको छ भने अन्तर्राष्ट्रिय मिडियालाई आधार मान्ने हो भने संसारका १०० भन्दा बढीदेशमा फैली सकेको छ।

विभिन्न देशहरुले पर्यटक को यात्रामा प्रतिबन्ध लगाएका छन भने अरू देशहरु पर्ख र हेर को रणनीति मा छन। नेपाल ले पनि भ्रमण वर्ष २०२० का अन्तर्राष्ट्रिय बजारमा गरिने सम्पूर्ण प्रवद्र्धन कार्यक्रमहरु रोकी राखेको अवस्था छ। जसकोकारण नेपाल का होटलहरुको अग्रिम बुकिङहरु दिन प्रतिदिन रद्द भइरहेका छन ।

अहिले नेपालमा पर्यटन व्यवसायीहरु आक्रान्त छन्। यस्तोसमयमा सबै भन्दा ठूलो कुरा त आफ्नो, आफ्नो कर्मचारी तथा पर्यटक को स्वास्थ्य सुरक्षा हो।अर्को तर्फ पर्यटन व्यवसाय लाईबचाई राख्नु पनि अर्को चुनौती हो!केही हद सम्म क्षतिन्यूनीकरण र पर्यटन विकासको लागि निम्न कार्य गर्न सकिन्छ;

१. नेपालमा अहिलेको अवस्थामा प्रमाणित भएको कोरोना केस एउटा पनि छैन, त्यसैले अहिले आन्तरिक पर्यटनको प्रवद्र्धन एउटा विकल्प हुन सक्दछ । जसको लागि निजीक्षेत्र ले आन्तरिक पर्यटक लक्षित प्याकेज हरु ल्याउनसक्दछन् भने पर्यटन वोर्ड ले आन्तरिक पर्यटन को प्रवद्र्धनमा रणनीतिक साझेदारी गरी अगाडि बढ्न सक्दछ।

२. भर्खर मात्र पर्यटन मन्त्रालय ले भ्रमण वर्ष २०२० को संपूर्णकार्यक्रम हरु स्थगित गरेको छ। भ्रमण वर्षको बाँकी रहेकोसंपूर्ण बजेट पर्यटकीय पूर्वाधार विकास मा लगाउनु उत्तम विकल्प हुन सक्दछ।

३. अहिलेको बेला अन्तराष्ट्रिय प्रवद्र्धन सबै स्थगित गरिएको लेपर्यटन बोर्ड मा कामको चाप अवस्य पनि कम हुनु पर्दछ। योसमय आफूसँग भएको जनशक्ति को स्तर उन्नती तथा पर्यटकिय प्रोडक्ट हरुको उचित वर्गीकरण गरी भविष्यको लागि उचित रणनीति बनाउने तर्फ जोड दिनु उपयुक्त हुनसक्दछ! यो समय सर्भे, अनुसन्धान तथा बजारको पुनःवर्गीकरणमा लगाउन सकियो भने यसको असर दीर्घकालीन हुन सक्दछ ।

४. सबैभन्दा महत्वूर्ण नेपालको वर्तमान अवस्था, सुरक्षाको अवस्था अनि कोरोना सम्बन्धित अपडेट सम्बन्धितनिकायको सहकार्यमा पर्यटन लक्षित वेबसाइट बाट दैनिक प्रवाह गर्नु पर्दछ ।

५. यो अवस्थामा पर्यटन व्यवसायी हरु धरासायी भएका छन्, उनीहरूको व्यवसाय सुरक्षाको लागि पर्यटन मन्त्रालयले जतिसक्यो छिटो सहयोग को प्याकेज बनाउनु पर्दछ जसलेपर्यटन व्यवसायी हरुको पर्यटन क्षेत्रबाट बहिर्गमन लाई रोक्न सकोस्।

६. कोरोना को कारण ले गर्दा वर्तमान बजारको अवस्था जस्तोसुकै भएपनि अन्तराष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यहरू पूर्णरूपमा रोकिनु, भविष्यमा पर्यटन बजारको लागि प्रतिउत्पादक हुन सक्दछ । त्यसैले यस्तो अवस्थामा नेपालको बारेमा सहीसूचना दिनेगरी विदेशी पर्यटक तथा विदेशी ट्राभल एजेन्ट सँगकम्युनिकेसन मा रही रहनु जरूरत छ! जसको लागि डिजिटल माध्यम को भरपूर उपयोग गर्न सकिन्छ।

यो अवस्थालाई भविष्यको योजना र अनुसन्धान मा उपयोगगरी अहिलेलाई आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न सकियो भनेपर्यटन व्यवसायको सुरक्षा र भिविस्यमा हुन सक्ने चुनौतीहरुको सामना गर्नमा केही हद सम्म भए पनि सहयोग मिल्ने छ ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी