ताजा समाचार

आज    |   

कसरी पुग्ने, लामटाङगाउँ र क्यान्जिङ गुम्बा (भिडियोमा हेर्नुहोस्)



बाग्मती प्रदेशको रसुवा जिल्लामा अवस्थित छ लामटाङ । उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना चोडिएको रसुवा राजधानी काठमाडौँबाट नजिकको हिमाली जिल्ला हो । भौगोलिक बनौट, हावापानी, वनजंगलको विविधता, नदीनाला र जलकुण्ड विभिन्न जातजातिहरूको बसोबास, रहनसहन, भेषभूषाका साथै जैविक विविधताको धनी यस जिल्लाको आफ्नै पृथक ऐतिहासिक महत्व रहेको छ । नेपालकै तेस्रो पदयात्रा गन्तव्यको रुपमा रहेको लामटाङ रहेको छ । यस जिल्लामा पर्यटकीय स्थलका रुपमा लामटाङ राष्ट्रिय निकुञ्ज, रामसार क्षेत्रमा सूचीकृत गोसार्इंकुण्ड सिमसार क्षेत्र रहेको छ । समुन्द्री सतहबाट ५००० मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिने यस क्षेत्र पर्वतारोहण र ट्रेकिङको लागि महत्त्वपूर्ण मानिन्छ । रसुवा जिल्लामा गणेश हिमाल,लाङटाङ हिमाल, लाङटाङ लिरूङ, यलापिक, लाङसिसा खर्क, साङजेन खर्क लगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँ ढाकिरहने पर्वत श्रृखलाहरू पर्दछन् ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी