आज    |   

नेपाल भ्रमण वर्ष आन्तरिक भ्रमण वर्षमा रुपान्तरण, देशबाहिर हुने कार्यक्रम तत्काल स्थगित



कोरोना भाईरसका कारण नेपाल भ्रमण वर्ष आन्तरिक वर्षमा रुपान्तरण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष सन् २०२० का लागि देशबाहिर हुने कार्यक्रम तत्कालका लागि स्थगित गरेपछि भ्रमण वर्ष आन्तरिक भ्रमण वर्षमा रुपान्तरण गर्ने तयारी भएको भ्रमण वर्ष सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विश्वमा देखिएको कोरोना भाइरसको संक्रमणले नेपालमा निम्त्याउन सक्ने जटिलतालाई ख्याल गर्दै भ्रमण वर्षलाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाउने गरी छलफल भएको छ । चिनको चुहान सहरबाट देखा परेको कोरोना भाईरस ३६ भन्दा बढी देशमा देखा परेको छ ।

कोरोना देखिएका देशहरुले आफ्ना विमानस्थलहरुमा सुरक्षा अपनाएका छन् भने पर्यटक भिषामा आउने पर्यटकलाई अनुपति दिएका छैनन । नेपालले कोरोना भाइरस संक्रमण फैलिन नदिन विमानस्थलमा हेल्थ डेस्क सुरु गरे पनि प्रभावकारी हुन सकेको छैन । केहिदिन अघि मात्र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको प्रतिवेदन जारी गरे पछि सरकारले आन्तरिक भ्रमण वर्षको तयारी गर्न थालेको हो ।

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी