ताजा समाचार

आज    |   

बन्दिपुर पर्यटन विकास समितिको अध्यक्षमा किशन प्रधान निर्वाचित



बन्दिपुर पर्यटन विकास समितिको अध्यक्षमा किशन प्रधान निर्विरोध निर्वाचित हुनुभएको छ । पाँचौ साधारणसभा तथा महाधिवेशनबाट पर्यटन व्यवसायी किशन प्रधान अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा कर्ण बहादुर श्रेष्ठ, सचिवमा वसन्त पौडेल, कोषध्यक्षमा फूलमती थापा निर्वाचित हुनुभएको हो ।

यस्तै सदस्यहरुमा सुरज श्रेष्ठ, लक्ष्मण श्रष्ठ, तेजेन्द्र बानियाँ, हितमान गुरुङ, अशोक गुरुङ, हरिश चन्द्र भट्टराई र राजाराम प्रजापती निर्वाचित हुनुभएको छ । अध्यक्षमा निर्वाचित प्रधानले बन्दिपुर विकास समितिले बन्दिपुरका ६ वटै वडाहरुलाई पर्यटकीय स्थलको रुपमा बिकास गरि पर्यटकलाई त्यस ठाउँसम्ममा पुर्याउने बताउनुभयो । समितिको साधारण सभामा बोल्दै बन्दिपुर गाउँपालिकाला प्रमुख पुर्ण सिंह थापाले पर्यटन विकास समितिलाई पर्यटन प्रवद्धमा गाउँपालिकासंग साझेदारीमा काम गर्न आहन गर्नुभयो ।

Write your Comment


Related News
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको सटही दर
  • नेपालमा कोरोनाबाट २८ जनाको मृत्यु, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी