आज    |   

प्रदेश पाँचका होमस्टे कर्मीलाई बिना धितो कृषि बिकास बैंकले सहुलियत कर्जा दिने



कृषि बिकास बैंकले प्रदेश पाँचका होमस्टे कर्मीहरुलाई बिना धितो सहुलियत कर्जा दिने भएको छ । बुधबार कृषि बिकास बैंक बुटवलको तालिम केन्द्र मंगलापुरमा होमस्टे तथा सहुलियतपुर्ण कर्जा लगानी विषयक अन्र्तक्रिया कार्यक्रममा बैंकले होमस्टे घरबास एशोसियसन नेपाल को सिफारिसमा सहुलियत कर्जा उपलब्ध गराउने भएको हो ।

प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्या

कार्यक्रममा बोल्दै कृषि बिकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याले बैंक र होमस्टे कर्मीहरुबिच सम्वन्ध स्थापीत गदै ग्रामिण क्षेत्रमा रहेका होमस्टेहरुको पहिचान प्रवर्धन, बजारीकरण र स्थानीय स्तरमा रोजगारीको सृर्जना गदै अर्थतन्त्रको बिकासमा महत्वपूर्ण योग्दान हुने बताउनुभयो । उपाध्याले होमस्टे एशोसियसनको सिफरीसमा दिने कर्जाले सबैलाई रोजगारी गराउने भन्दै निकट भविष्यमा बिना व्याजमा पैसा दिने बताउनुभयो ।

कृषि बिकास बैंक कृषि कर्जा तथा एमएसएमई विभागिय प्रमुख बाबुकाजी थापाले कृषि बिकास बैंकले अहिले सम्म गरेका उपलब्धीहरुको जानकारी दिदै होमस्टे कर्मिहरुले सहुलियतपूर्ण कर्जाको सहि रुपले सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले होमस्टे कर्जा कार्यविधि सम्वन्धी होमस्टे कर्मीहरुलाई बुझाउदै बैंक र होमस्टे एशोसियसन बिच भएको सम्झौताबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रदेश पाँच कार्यालय भैरहवाका व्यवसायीक अधिकृत अनिल भूसालले बैंकले दिने सहुलियपूर्ण कर्जा सम्वन्धी जानकारी गराउदै बैंकको सहुलियपूर्ण कर्जाको प्रोडक्ट पेपर सम्वन्धी जानकारी गराउनु भएको थियो ।
प्रदेश पाँचका होमस्टेहरुको सहभागिता रहेको कार्यक्रममा होसानका अध्यक्ष केशव बडालले बैंकले दिने सहुलियतपूर्ण कर्जाले होमस्टे कर्मीहरुलाई केहि उर्जा थपेको बताउनुभयो । अध्यक्ष बडालले ग्रामिण भेगमा खोलिएका होमस्टेहरु लगानी नपाएका कारण पर्यटकलाई सोचेजस्तो सेवा सुविधा दिन बाट बञ्चित भएको बताउदै सहुलियतपूर्ण कर्जाले राहात पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत आलोक कुमार ओझाले होमस्टेको अवस्था, सम्भावना, चुनैति तथा प्रादेशिक होमस्टे सञ्चालन विनियमावली र त्यस सम्वन्धी प्रदेशको निति तथा कार्यक्रम सम्वन्धी जानकारी दिनुभएको थियो ।

होमस्टे एशोसियसनका उपाध्यक्ष तथा प्रदेश पाँचका संयोजक धनिश्वर वस्यालले होमस्टे दर्ता गरेर मात्र नहुने भन्दै होमस्टेमा आउने पाहुँनाहरुको आथिथ्यता मा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा रहेका होमस्टेहरुकोे संञ्चालन, अभिमुखिकरण, आथिथ्यता र बजारीकरण सम्वन्धी जानकारी गराउनुभएको थिायो ।

बैंकका प्रादेशिक निर्देशक चन्द्र सिंह थापाले बंैकले दिर्ने कर्जाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य प्रदेश पाँचका कामु शाखा प्रमुख जय नेपाल श्रेष्ठले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन जनक प्रसाद ज्ञावालीले गनुभएको थियो ।

Write your Comment


Related News
  • Tourism in a lockdown Tourism in a lockdown
  • बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने निर्णय
  • Virus outbreak threatens longtime tourism attractions Virus outbreak threatens longtime tourism attractions
  • Relief measures announced till date provide no succour to travel, tourism industry: Industry bodies Relief measures announced till date provide no succour to travel, tourism industry: Industry bodies
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी