आज    |   

होमस्टे आन्दोलन जनयुद्ध जस्तै हो : उपाध्यक्ष बस्याल



होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) का उपाध्यक्ष धनिश्वर बस्याले होमस्टे आन्दोलन जनयुद्ध स्तरमा गरिएको आन्दोलन जस्तो भएको बताउनु भएको छ । बुटवलमा होमस्टे (घरबास) एशोसियसन नेपाल प्रदेश पाँचको बैठकलाई सम्बोध गदै उपाध्यक्ष बस्याले होमस्टे एक प्रकारको आन्दोलन भएको र यसले ग्रामिण भेगगमा रहेका जनतालाई स्वरोजगार बनाउने भएकाले होमस्टे अभियान माओबादीले गरेको जनयुद्ध जस्तो भएको बताउनुभएको छ ।

उहाँले पछिलो समय होमस्टे प्रति आम जनसमुदायको ध्यान केन्द्रित भएकाले आर्थिक स्वरोजगार को माध्यम होमस्टे भएको बताउनुभयो । पछिलो समय ग्रामिण भेगमा खोलिएका होमस्टे देशका मेडेल होमस्टेको रुमा चिनिदै विश्वका मानिसको ध्यान केन्द्रित गरेको भन्दै बस्यालले नेपालका सामुदायिक तथा निजि स्तरबाट संञ्चालित होमस्टेहरु विदेशका अनलाईन साईटमा उत्कृष्ट दश मा पर्नु नेपालको ग्रामिण पर्यटन क्षेत्र राम्रो भएको म्यासेज गएको बताउनुभयो ।

कार्यक्रममा होसान प्रदेश पाँचका अध्यक्ष परशुराम चौधरीले नेपालका ग्रामिण भेगमा खोलिएका होमस्टेले जति गति लिनु पर्ने हो त्यो नलगेको बताउनुभयो । उहाँले प्रदेश मन्त्रालयले होमस्टेलाई वन कार्यालय अन्र्तरगतमा राख्नु स्वभाविक नभएको बताउदै होमस्टेहरुको बिना सल्लाह वनमा राख्न उपयुक्त नभएको बताउनुभयो । प्रदेश पाँमा होमस्टेहरुको संख्या दिन प्रतिदिन बढ्दै जानु राम्रो भएको बताउदै अध्यक्ष चौधरीले होमस्टे कर्मिहरु बिच सम्वन्ध र जानकारी हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
होसान प्रदेश पाँचको पहिलो बैठको कार्यक्रम केन्द्रिय सचिव कृष्ण चौधरीले गर्नुभएको थियो । पहिलो बैठकले नयाँ प्रदेश कमिटि गठन गरेको छ ।

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी