आज    |   

होटलकर्मीलाई चिनिया भाषा तालिम



पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही फागुन ८ गतेदेखि दुई महिने आधारभूत चिनिया भाषा तालिम होटलकर्मीका लागि पोखरामा संचालन भइरहेको छ ।

तालिमलाई नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण बर्ष सचिवालयले सहयोग गरेका छन् । तालिममा होटल क्षेत्रसँग सम्बन्धित ५० सहभागीले सिकाई ग्रहण गरिरहेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

कोरना भाइरसका कारण अहिले चिनिया पर्यटक आगमन मात्र नभई संसार भरि मा नै घुम्ने क्रममा सुस्तता आउँदा पर्यटनमा धक्का लागे पनि भविश्यलाई हेरेर यो तालिम संचालन गरिएको संघले जनाएको छ । कोरोना भाइरसका कारण उत्पन्न समस्या छिटै समाधान हुने विश्वासका साथ उक्त तालिम संचालन गरिएको अध्यक्ष तुलाचनले सुनाए ।

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी