आज    |   

प्रदेश एक को प्रमुख धार्मिक पर्यटकीय स्थल पाथिभारा मन्दिर



ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध पाथिभारा मन्दिर प्रदेश एकको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हो । पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा पनि मानिन्छ । यो पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिकस्थल हो । यस ठाउँबाट विभिन्न हिमश्रृंखलाहरू देख्न सकिन्छ । यसका साथै यस मन्दिरमा पुजा गर्न कसैलाई पनि भेदभाव गरिएको छैन । तर गर्भवति, रजस्वला भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश तथा ठूलो क्षति हुन्छ भन्ने जनविश्वास रहेको छ ।
कसरी जाने पाथिभार
तपाई काठमाडौँ मा हुनुहुन्छ भने हवाई मार्ग भएर सुकेटार विमानस्थल तथा विराटनगर भएर छिटो पुग्न सक्नुहुने छ । यदि गाडि बाट जादै हुनुहुन्छ भने सहज रुपमा गाडि चढेर जान सक्नुहुने छ । मन्दिरको फेद बाट मन्दिर सम्म पुग्न लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टाको उकालो सिढी चढ्नु पर्द छ ।

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी