आज    |   

कोरोना भाइरसका कारण विमान कम्पनिहरुलाई ३० अर्ब डलर घाटा




कोरोना भाइरसको कारण विमान सेवा प्रदायक कम्पनीहरुलाई ठूलो घाटा लागेको छ । विश्वका १२० देशका २९० विमान सेवा प्रदायक कम्पनीहरुको समूह ‘आयटा’ ले यस्तो प्रक्षेपण गरेको हो । भाइरसका कारण विश्वभर हवार्इ यात्राको माग घटेको छ । कम्पनीहरु उडान कटौती गर्न बाध्य भएका छन् ।

फलत स् कम्पनीहरुको आम्दानी यस वर्ष २९ अर्ब ३० करोड डलर घट्ने आयटाको भनाइ छ । एशिया–प्रशान्त क्षेत्रमा मात्रै विमान सेवा प्रदायकहरुले मात्रै २७ अर्ब ८० करोड डलर आम्दानी गुमाउने क्रममा रहेको बताइएको छ । एशिया बाहिर भने यो १ अर्ब ५० करोड डलर रहेने ऋको प्रक्षेपण छ ।

चिनियाँ कम्पनीहरुले घरेलु बजारमा १२ अर्ब ८० करोड डलर गुमाउनेछन् । ‘केही रुटमा क्षमता कटौती गर्ने कठिन निर्णय विमान कम्पनीहरुले गरिरहेका छन्, यो वर्ष विमान सेवा प्रदायकका लागि निकै कठिन हुनेछ,’ आयटाको महा–प्रवन्धक आलेक्जान्द्रे डि जुनियाकले भने ।

यस वर्ष आम्दानीमा उच्च कमी आउने भएपछि मुनाफाबारे प्रक्षेपण गर्न भने हतार हुने बताइएको छ । सन् २००२र ०३ मा कोरोना भाइरसको परिवारको अर्को भाइरस सार्सका बेलामा मागमा आएको कमीका आधारमा आयटाले पछिल्लो प्रक्षेपण गरेको हो ।

त्यति बेला ६ महिनाको अवधिमा हवाई यात्राको मागमा उच्च कमी आएको भएपनि त्यसपछि भने मागमा निकै छिटो सुधार आएको थियो । त्यति बेला सार्सका कारण एशिया–प्रशान्त क्षेत्रमा हवाई यात्राको माग ५ दशमलव १ प्रतिशतले घटेको थियो ।

प्रक्षेपण कोरोना भाइरसको महामारी चीनमा मात्रै केन्द्रीत रहन्छ भन्ने अपेक्षामा आधारित छ । भाइरसको संक्रमण चीनबाट अन्यत्र नराम्ररी फैलियो भने चाहीं स्थिति डरलाग्दो हुन सक्ने चेतावनी आयटाले दिएको छ ।

कोरोना भाइरसका कारण एशियामा माग घटेको र यसका कारण आफूहरुलाइ करोडौं डलर घाटा हुन सक्ने बिहिवार मात्रै अष्ट्रेलियाको क्वान्टस र यूरोपेली सेवा प्रदायक एयर–फ्रान्स केएलएमले बताएका थिए । एजेन्सी

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी