आज    |   

शैक्षिक पर्यटनका माध्यमबाट सुदुरपश्चिम प्रदेशमा पर्यटक भित्राउन सकिन्छ मुख्य मन्त्री भट्ट



दिपक जैसी /कैलाली

सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले शैक्षिक पर्यटनका माध्यमबाट सुदुरपश्चिम प्रदेशमा पर्यटक भित्राउन सकिने बताउनुभएको छ । बिहिबार लम्कीमा लम्की शैक्षिक तथा पर्यटन महोत्सव २०७६ को उद्घाटन गदै मुख्य मन्त्री भट्टले शैक्षिक भ्रमणका माध्यमबाट विषयवस्तुको गहिराइमा पुग्न प्रत्यक्ष अवलोकन र अनुभवको आवस्यकता पर्ने भएकाले सुदुरपश्चिम प्रदेशले शैक्षिक पर्यटनलाई विशेष रुपमा हेरेको बताउनुभयो ।

सुदुरपश्चिम प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको प्रवद्दन तथा प्रचार प्रसारमा शैक्षिक माध्यमबाट टेवा पुग्ने भन्दै मुख्य मन्त्री भट्टले जीवन र जगतलाई चिन्ने र सहज जीवनको बाटो पहिल्याउने मध्यम नै शिक्षा भएकाले जीवन र जगतलाई चिन्ने बुझ्ने घुमफिर हो, घुमघाम वा भ्रमण गर्नु मनोरंजन लिनु मात्र होईन, आफुले देखेका चिजहरुबाट धेरै किसिमका ज्ञानगुनका कुराहरु सिक्न र जान्न पाईने भएकाले सम्भावनाहरुको पहिचान, निर्माण र प्रसार जस्ता कार्यहरु गर्न शैक्षिक पर्यटन बाट सम्भव हुने बताउनुभयो ।

गुणस्तरीय शिक्षाको सुनिश्चितता हाम्रो अभियान, स्वच्छ शैक्षिक वातावरण एवम् पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ फागुन ८ देखि १८ गते सम्म चल्ने महोत्सवमा सुदुरपश्चिम झल्काउने  विभिन्न  किसिमका सामाग्रीहरु स्टलमा राखिएको छ ।

Write your Comment


Related News
  • Tourism in a lockdown Tourism in a lockdown
  • बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने निर्णय
  • Virus outbreak threatens longtime tourism attractions Virus outbreak threatens longtime tourism attractions
  • Relief measures announced till date provide no succour to travel, tourism industry: Industry bodies Relief measures announced till date provide no succour to travel, tourism industry: Industry bodies
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी