आज    |   

नेपालमा घुम्न आउने पर्यटक घटे



चिनमा देखिएको कोरोना भाइरसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाई रहदा चिनमा देखिएको भाइरसले नेपालमा घुम्न आउने पर्यटकको संख्या पहिलो महिनामै घटेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना पर्यटकको संख्या करिव गत वर्षको तुलनामा १६ सयले घटेको छ । यस वर्ष जनवरीमा ७९ हजार ६ सय ८६ पर्यटक नेपाल भित्रिएका छन्। गत वर्ष यही समयमा ८१ हजार २ सय ६४ जना पर्यटक नेपाल भित्रिएका थिए।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाई रहदा पहिलो महिनामा चिनबाट १३ हजार ३ सय ३ जना र भारबाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन्।नेपालमा धेरै जसो पर्यटक भारत तथा चीनबाट आउने भए पनि चिनमा देखिएको भाइरसले नेपालको बुद्ध सर्किटमा प्रत्येक्ष असर पारेकाले दुबै देशका पर्यटक नेपाल घुम्न नआउदा संख्या घट्न पुगेको हो ।

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी