ताजा समाचार

आज    |   

कर्णाली र सुदुरपश्चिम प्रदेशमा विदेशी पर्यटक किन आउने ? – रणबहादुर ऐरीको लेख



यहि हाँसेका हिमाल छन,यहि छन कस्तुरी ,
मिशन भिजन दिन सक्ने,कोई छौकी मिस्त्री ।

हरियाँ जंगल जिवन बुटी हाम्रो नेपालमा,
कल कल बग्छन नदीनाला जान्छन वेहालमा ।

अपि नाग्पा सांइपाल हिमाल,घुमौला यो सालमा,
सगरमाथा देश नेपालमा,झन्डा फहराउँला ।

रिसर्चमा जडीबूडी ताल तल्ल्या जाँउला,
मिठाँ फलफूल टिपी टिपी जंगलमा खाउला ।

तराई फाँटमा बनजंगलमा मयूर नाँच हेरौँला,
हात्ती बाघ घोरल झारल हेरी रमाउँला ।

हिमालमा हिम चितुवा अर्ना,थार कस्तुरी हेरौँला,
आँउनुहोस स्वागत विदेशी पाहुँना ज्ञान शिक्षा सिकौँला ।

मुटु जलेर आँउछ ! छाती धकधक हुन्छ ! हृदय प्रकृती मै लठ्छ, तर चिल्ला चाप्ला भाषणले होईन फुल बुट्टा हालेर भाषणमा केही हुने वाला छैन । बोली र चिल्ला भाषणले केही उर्मीने होईन ! बगी जाने खोला ! भागी जाने मान्छेको पहरेदार हुनु भन्दा अशल विउ छरे अशल फशल लिई समाज उन्नत गर्न हामी लागी पर्ने अबस्थाको श्रृजना बाटै देशमा विकाश उन्नती र समृद्धी को दिशा तर्फ लैजान जे हाम्रो शुन्दर नेपालमा स्रोतहरू छन तिनै स्रोतहरूमा टेकी नेपाललाई अन्तराष्ट्रियमा चिनाउनु हाम्रो मुल मिशन भिजन र मर्म रहन जाने छ । स्रोतमा टेकी बिकाश योजनाहरु ब्यक्ती मुखी ढंग बाट नभई आयआर्जन शिपमुलक स्वरोजगार उन्मुख बनाउन देश माटो, समाज सँकार शुहाँउदो हुन जाने हुँदा यसको मुल मर्म र प्रकृतिको विधानमा टेकी शुन्दर नेपाल, स्वस्थ जनता ,स्वस्त विकाशको अबधारणालाई आत्म साथ गरी म नेपाली मेरो देश नेपालको पर्यटन विकाशको योजनाहरु अघी बढाउन पूर्वाधार खडागरी अघी बढाउन सक्ने हो भने यो देश सुन्दरमात्र नभई पवित्र अटल निश्पक्ष निश्कलंकीत र विविध जैविक विविधताको शुभीमा आउन पहल हुनेहो भने देश समउन्नत हुन दश वर्ष पनी लाग्दैन । देश अवश्य मेव समृद्धीको दिशामा जान्छ र विशाल राष्ट्र नेपालको सुचिमा अबश्य मेव आँउछ दूईमत छैन यसमा संक्का रहेन तर देशका निती निर्माताहरु शासकको भूमीका बाट सेवकको भूमिकामा रहनू जरुरी छ र ईच्छा शक्ती बलीयो हुन नितान्त आबश्यक छ ।

नेपालमा पर्यटकलाई निम्तो किन ?
हाम्रो नेपाल यस्तो देश हो जहाँ बहू भाषी बहू जाती र बहूल बाद गणतन्त्र स्विकाार गरी बनेको देश नेपालमा जनता हामी तराई पहाड मधेशका भएता पनी हामी एक बद्र छौ । हामी जनता यो पवित्र पावन तिर्थ स्थलले भरी पूर्ण देशका सुन्दर शान्त नेपालका आमा बूबा दाजू भाई दिदि बैनी सिगोँ राष्ट्रको माया र इस्ट मित्र जैविक विविधताको देशमा माया ममतामा ओत प्रोत छ । इतिहासको रिसर्च र पवित्र तिर्थ स्थल, चादी जस्ता टल्कीने हीमाल, जल जंगल, जटीवूटी,अथाहा धार्मीक पर्यटकीय स्थलको गन्तव्यमा, धार्मीक पर्यटकीय स्थलहरुमा ज्ञान, ध्यान, विज्ञान, आध्यात्मिक शिक्षा प्रवचन, श्रीमद भागवत गिता श्र्रवण, अध्यन शिवपूराण विष्णू पुराण वेद विचार र आध्यात्मबाट इश्वरत्तो प्राप्तीको दिक्षा तर्फ उन्मूख हून र मिमाँशा समेतको ज्ञान लिन सिकन्रछ ।

तराई फाँटका अमूल्य जटीबुटी बनस्पती फलफुल खेती, कृर्षी प्रणाली र पशु पन्छी जन्य वस्तूहरुको शुन्दरता अवलोकन गर्न र तराई फाँटका धार्मीक पर्यटकीय स्थलमा पूजा गर्न रिसर्च गर्न सिचाई वनस्पती क्षेत्र र चुरे महाभारतको जैविक विविधता अवलोकन गर्न र लालीगुराँस राष्ट्रिय फुल देखी राष्ट्रिय चरा डाँफे अवलोकन गर्न , हीमालमा रहेका हिम चितुवा, चितुवा, घोरल, झारल, डाँफे, मूनाल, घूगुती, हेल्लसा जस्ता चरा चुरुगीँ, देखी यार्सा गुम्बा पादक चाल, चिराइतो, भुतकेश, सिलाजित, खानीमा काईनेटीक खानी, तामा खानी, पीतल खानी, पूरेनियम , फलाम खानी हिरा मोती उत्तर खण्ड हिमालमा मोती खानी र निलम खानी अथाहा खानी रहेको छ ।

पर्यटकको आकर्षणाको रूपमा अथाहा जटीबुटी आकर्षक ताल तलैया मन छुने चाँदी जस्ता टिल टिल टल्कीने हीमाल, भ्रमण गराउनुका साथै संंसारकै लामो नदी कर्णाली को मुहान, महाकाली नदीको मुहान, नेपालमै काली कुट्यादी नदीको मुहान नेपालमै काला पानी नाला पानी सुस्ताको ऐतीहासिक सम्पदा अध्ययन र इतिहास जिवन्त राख्न, गण्डक क्षेत्रका शाली ग्राम शिला विष्णुका रुप चिनाउन रामजानकी मन्दीरको दर्शन गराउन, दुधकुन्ड, गोसाई कुन्ड , माता मनकामना, पशुपती दर्शन गराउन र गडी माई, विन्दावासिनी, हलेशी महादेव को धार्मीक महत्वको बारेमा जानकारी हुन र अथा खनीको देशमा लगानी गरी ज्ञान र अर्थमा शहभागी हुन जल सम्पदा मा गौरवका योजना ल्याउन र धार्मीक पर्यटकीय क्षेत्र तिर्थ स्थलमा गौरबका योजनामा ल्याउन अध्यात्मबाद भनेको श्रृस्टी श्रृजनाको सम्वाहक हो ज्ञान लिन र कला संस्कृतीको अथाहा भन्डार र धर्मको खानी देशको अवलोकन गर्न हामीले पर्यटक भित्र्याई देश उन्नत समुउन्त हुन विदेशले यहाँका एकएक शुन्दरताको अवलोकन गर्न पर्यटकहरुलाई आकर्षक गर्न सक्छौँ ।

धार्मीक पर्यटकीय स्थलहरुमा आधुनिक पैगोडा शैलीका मठमन्दीर, आवास गृह भजन मन्डली गर्ने आधुनिक क्लासिकल सांगितीक क्लासीकल शिक्षालप, भरण पोषणको व्यवस्था पूजा आजा सामाग्री प्रत्येक तिर्थ स्थल सम्वन्धि पूस्तकहरु र पूजा नित्य नमित्यका सामाग्री उपलब्ध गरी स्थानिय परीकारका मिठा मिठा भोजन, यहाँका कला कृतीका मुर्ती आबाश शौचालयको प्रबन्ध यहाँ फल्ने जडबिुटी, फलफुल, रुदाक्ष सालीग्राम शिला, स्टोन विभिन्न किसिमका प्रकार समेत होमस्टेको प्रत्येक ठाउँमा प्रबन्ध गरी पर्यटक भित्र्याउने हो भने पर्यटक देश समृद्दिको दिशासमा अगाडि बढ्न समय लाग्दैन । नेपाल शब्दमा मात्र सुन्दर नभई सुन्दर देश नेपालको स्वभिमानी राष्ट्रको रुपमा हामीले पर्यटकलाई निम्तो दीने र पर्यटक पाल्दा आधुनिक बाजा गाजा समेतबाट स्वागत आथित्यता ग्रहण गराउन र झाँकी समेत प्रदशन गरी स्थानीय कला सस्कारबाट नेपाली पन कायम गराउन सक्ने हो भने देशले पर्यटक क्षेत्रबाट समुउन्त देश को सुचिमा आउन सक्ने प्रबल र अटल अक्ष्यम सम्भावना बोकेको देशको सुचिमा देश शचिकृत हुन्छ ।

कहाँ कहाँ छन ? पर्यटकीय गन्तव्यहरु
मेरो कर्म थलो कर्याली प्रदेश म अहीले खाध्य व्यवस्था तथा व्यापार कम्पनी शाखा दैलेखको प्रमुख मा कार्यरत जिल्ला दैलेखमा सेवारत रहदाका वखत मैले ८७ वटा पर्यटन सम्वन्धी लेख ९चेतना मुलक क्षेत्र र यहाँका धार्मीक पर्यटक स्थलमा कलम चलाउदै आईरहेको छु । कहाँ कहाँ छन त रु पर्यटक स्थलका गन्तव्य स्थलहरु रु अथाहा धार्मीक पर्यटक र पर्यटक स्थल रहदा रहदै पनी ओझेलमा परेका कर्णाली प्देश र सुदरपश्चिम प्रदेशका तिर्थस्थल र पर्यटक क्षेत्रको एसिया नेट्वर्क तथा बिदेशमा नेटर्वक खडा हुन सक्ने के छन दैलेख जिल्लामा भने, धार्मीक हीसाबमा दैलेख जिल्ला अटुट, अटल र परा पुर्वक काल देखि, धार्मीक जिल्लाको रूपमा रहदै आएको छ, तर छिपेको इतीहासमा सिमीत छ ।

यहाँ पर्यटक भित्र्याउने अथाहा धार्मीक पर्यटकीय स्थलहरु छन जो पन्चकोषी क्षेत्र ले चिरपरीर्चित छ । तर गौरवका योजना मा आउनलाई कोषौ टाढा छ । जुन जिल्लाको मुल द्धारमा नारायण मन्दीर छ । भैरव मन्दीर छ । ऐतीहासिक कोतगडी अली माथी बजारमा गणेश मन्दीर छ । भुत्तेश्वर मन्दीर छ । भुर्तीमा शिवमन्दीर र ऐतीहासीक पाँच भाई पाण्डपले बनाएका पन्चदेवल छन् भुर्तीमा । विलाशपुर मन्दिर छ । डुगेश्वर शिव छन, वडी मालीका छिन, भैरवी छन।

मालीका, बिन्ध्यावासिनी , राईलीत्रिपानी छन । दुल्लुकै ऐतीहासिक दरवार छन । किर्ती खम्ब छन । महाबू शिव जहाँ आफै प्राकाटय शिवलिगँ छन । गुराँसेमा सिद्धपाईला छन । ढकमक फुल्ने लाली गुराँस छन, सर्खेतमा काक्रेविहार मा वौद्ध का पालाका मुर्ती उत्तखनन भए, काक्रेविहार क्षेत्रमा विष्णु मन्दीर छन, शिव मन्दिर छन । बुलबुले ताल, रेडीयो नेपाल, भैरव मन्दिर, एयरपोर्ट , राष्ट्रिय निकुन्ज छन त्यहाँबाट दैलेख हुदै जुम्लामा तातोपानी, ठाकुर ज्यु, हाकुको राक्षेसी ताल, कनका शुन्दरी मन्दीर र कालीकोटमा महाकुको ठुलोलेक बन्यजन्तु स्याउफार्म सिमीका दाल ओखर, पचाल झर्ना, पन्चदेवल, चुलीमालीका पुगमालीका कोटवाडामा एयरपोर्ट, कल कल बगेको तिला कर्णाली र अपर कर्णाली जस्ता नदी छन ।

मुगुमा श्वर्गकी अवशरा भनीने राराताल, छायाँ नाथ, मुगु कर्णाली र जुम्ला कालीकोट मुगुमा पाईने यार्सा गुम्बा जडीबुटीका भन्डार छन । भने हुम्ला जाने बाटोमा चखेली हीमाल जुन नोटहरुमा पनी टापीदै आएको छ यो मुल गेट तिर्थ स्थल दैलेखका पन्चकोषी क्षेत्र जहाँ ज्वालाजी भनेर चिनिइन्छ यो जिल्ला जैविक विवीधताको खानी पनी हो यहाँ साल देखी सल्लो बाँज देखी बूराँउज र अथाहा खानीको जिल्लाले चिनिन्छल ।

यो जिल्लामा चक्रपथ बनाई पर्यटकहरुलाई तिर्थ देखी जडीबुटी र वन्यजन्तु देखी चरा चुरुँगी अवलोकन गराई देश भरीकै धार्मीक पर्यटक स्थलको मुल गेट राखी कर्णाली प्रदेशका सम्पूर्ण जिल्ला भ्रमण गरी भारतका सबै तिर्थ स्थल अवलोकन गरी एसीयाको मात्र नभई देश विदेशको नेटवर्क खडा गरी पर्यटक भित्रयाई भरपुर्ण आनन्द तथा रिसर्च गर्ने मुल थलोका रुपमा परीचित गराउन ढीलो भएको छ । अव दैलेख बाट जाजारकोट रुकुम डोल्पा जहाँ सेफोक्सुन्डो ताल गौरवका योजनामा आई सकेकामाता त्रिपुरा शुन्दरीका मन्दिर झर्ना अपर डोल्पामा रहेका बौद्ध गुम्बा, जुफालमा एअर पोर्ट यार्सा गुम्बा जडीबुटीको भण्डार, स्याउ फार्म ओखर साल्दागँ भिजेरका नुनखानी, राडी पाखी, चौँरी पोत र उनजन्य वस्तु तथा काईगाऊको उत्तर वेल्टमा पर्ने जगंदुल्लाताल, याक चौँरी र अथा खानी अवलोकन गर्दै हूम्लाबाट कैलाश मानशरोवर दर्शन गर्न र ढोर पाटन हूदै पोखराको ऐतीहासिक फेवाताल अवलोकन गर्न सिकन्छ ।

साथै अछामको १८ खण्ड नौवण्ड रामा रोशन दर्शन गरी बाजूराको बडीमालिका मालीका र डोटीको शैलेश्वरी मन्दीर हूदै खप्तड क्षेत्र जहाँ खप्तड बावाले बाघको खुट्टामा गडेका काँटी झीकेका थिय त्यहाँ बााट वझागँको सेती नदी कालगा ऐतीहासिक राजा रजौँटाका दरबार जडीबुटी शुर्मा देखी हुदै धुलीबाट कैलाश मान शरोवर दर्शन गर्न र डडेलधुराको महाभारत लेक भित्रि मधेशका रगुन नदी ,,सहस्रलिगँ भागेश्वर उग्रतारा घटाल विचित्र जलजंगल र ऐतीहासिक कोतगडी महारुद्र देउता देखी लिएर खोडपे हुदै वैतडीको शिगास धुराधाम, रौलेश्वरधाम, ग्वाालेश्वरधाम, डन्ूँरी वैतडी को साँक्षात दर्शन गर्न पाईने वाशुदेव, केदार नाथमा बज्ने, नबदी, ध्यौल, ठाडीभाका खेल देउडा, पाताल भमेश्वरको साक्षात २९ भारा दुधको कुन्ड गुफा र ताल, वाह्र आगर वैना वनारसी क्षेत्रगड जहाँ देवीदेवताको छलफाल हुने साझाँ गड भुमी सुरपाल, भौनेली, दोगडा, पुचौँडी का डिलाशैनी देहीमान्डौका निग्लाशैनी, तल्लो स्वराडका मेलौली भगवती, गौरवका योजनामा आईसकेको त्रिपुरा शुनदरी मन्दीर र सतवाजको साढे ७ हजार फीट उचाईमा रहेको स्याउ नर्सरी लुहा खानी, ऐतिहासिक जलजंगल र अथाहा खानी, अवलोकन गरी भारतको झलाघाट हुदैँ उत्तरा खण्ड जहाँ नेपालको दार्चुला भारतको घार्चुला हुदै अपिनाम्पा हिमाल, माहुरीको मह, स्याउका फार्म चितुवा, हिम चीतुवा, काला पानी क्षेत्र जहाँ नेपालको भुमीमा भारतले सेना राखेको छ ।

महाकाली नदीको मुहान कुटयाँदीं नदी, शिवको प्रारुप नार्गाजुन देवताको मन्दिर समेत अवलोकन गरी भारतको पिथौरा गड हुदै श्वरकी भगवती दर्शन गरी टनक पुरबाट पुर्णागिरी दर्शन गरी भारतको नौताल, नैनी ताल, क्रृषीकेश, हरीद्धार गया गजाघर, बद्री केदार मथुरा दर्शन गरी नेपालको महेन्द्रनगरमा मुडुका धाम, शिद्ध नाथ, वैजी नाथ, राधाकृण शिवमन्दिर लिगाँ, बेतकोटको ऐतीहासिक ताल झीलमिला ताल, र वन्यजन्तु आरक्षमा जंगली जन्तु मयूर नाच बाह्र सिंगा हात्ती, बाघ भालु र अनेक किसीमका बनस्पती फलफुल शुन्दर पुरका कृषी फाराम, विश्व विध्यालय, अवलोकन गरी धनगडीमा वौद्ध मन्दिर शिव मन्दीर, घोडा घोडी ताल, कर्णाली नदी, अथाहा जंगल तथा खानी रिशर्च गर्न र धार्मीक पर्यटक स्थल र पर्यटक स्थलहरु गौरवका योजनामा ल्याई पर्यटक उर्वर भूमी घोषणा गरी लागु हुने हो भने यो देश नेपाल एसियाको पर्यटक नेटवर्कको थलो मात्र नभई विश्वकै शेवा उत्कृस्ट देशको सुचीमा आउन सक्ने पतीत वावनी गँगाजलको स्थल को गन्तव्य सुचीमा आउन सक्ने हुदा सरकार खुट्टा नकमाउ धनगढी हूदै नेपालगन्जमा वागेश्वरी मन्दीर, ऐतीहासीक जल जंगल, विभिन्न कम्पुनिटी को भेष भूषाा रहन सहन कल्चर, अध्यन रिसर्च हुन जान्छ ।

नेपालको कुना काप्चा पुग्ने गन्तव्य रहन जाने भएकाले दैलेख यी कुरामा चुक्यौ भने ओझेलमा परेको जिल्लाको सुचीबाट अगाडी जादैन । जनता कडुवा बचनका साथ प्रस्तुत भै सरली करण र सहजी करण गरौँ यो शुचि जिवनमा नविषौँ बाटो भुले दीनको फेर इतीहाँस विर्शे जनमको फेरबाट बचौँ भन्दै पर्यटन वर्ष २०२०मा यी गन्तव्यका साथ पाहुना पर्यटकहरुलाई स्वगत गरौँ ।

लेखक
रण बहादुर ऐरी
कार्यालय प्रमुख
खाध्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड
शाखा दैलेख

Write your Comment


Related News
  • नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो, कुन प्रदेशमा कति हेर्नुहोस्
  • पर्यटन ऐन २०७७ परिमार्जन गर्न टान पोखराको सुझाव
  • नेपालमा आज एकै दिन ३ सय ३४ जना कोरोना संक्रमित, संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी