ताजा समाचार

आज    |   

मितेरी सम्वन्धले बनायो गुरुङलाई थारु, थारुलाई गुरुङ (फोटो फिचर )



गण्डकी प्रदेशका होमस्टेहरुले बर्दियाका होमस्टहरुमा मितिनि साईनो गासेका छन् । नेपाली परम्परा अनुसार टाउको ठोक्काएर मितिनि साईनो लगाएका हुन । शुक्रबार एक कार्यक्रम गरी एक होमस्टेले अर्को होमस्टे संग सम्वन्ध बढाउनको लागि साईनो जोडेका छन् ।

कास्कीको मादी गाउँपालिका २ का रहेको ताङतिङ सामुदायिक होमस्टे र बर्दियाको ठाकुरबाबा नगरपालिका ५ मा रहेको गोविन्दपुर होेमस्टेका एकजंग गुरुङ र गंगाराम जैसीले टाउको ठाकाएर सम्वन्ध जोडे । गुरुङ वडाध्यक्ष गुरुङलाई गोविन्दपुरका थारु समुदायले सर्ट र धोती पहि¥याए भने ताङतिङका होमस्टे संचालकहरुले वडाध्यक्ष जैसीलाई भाङ्ग्रा लगाईदिएका थिए । ताङतिङ सामुदायिक होमस्टेकी अध्यक्ष पसमाया गुरुङ र गोविन्दपुर सामुदायिक होमस्टेका अध्यक्ष वीरबहादुर कुस्मा थारुले मितेरी साइनोको सम्झौतापत्र आदानप्रदान गरे ।

यसै विच पर्वतको मोदी गाउँपालिकाको भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टे र बर्दियाको मधुवन नगरपालिकामा रहेको खाता जैविक मार्ग होमस्टे डल्ला बीच पनि मितेरी साइनो गाँसिएको छ । यहाँ पनि गुरुङ वडाध्यक्षले थारु वडा अध्यक्षलाई सर्ट र धोती पहि¥याए भने भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टेहरुले वडाध्यक्ष परशुराम थारुलाई लाई भाङ्ग्रा लगाईदिएका थिए ।

यस्तै लप्सिबोट सामुदायिक होमस्टे र सत्खलुवा सामुदायिक होमस्टे बिच पनि मितेरी साईनो गासिएको छ । लप्सिबोट सामुदायिक होमस्टेकी अध्यक्ष विष्णु कुमारी गुरुङले र वडाअध्यक्ष भूल बहादुर पौडेलले सत्खलुवा होमस्टेका अध्यक्ष सुरेश आचार्यलाई भाङ्ग्रा लगाईदिएका थिए भने आचार्यले थारु पहिरन लगाईदिएका थिए ।

मितेरी साईनो कार्यक्रम गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराको आयोजनामा भएको थियो भने नेपाल पर्यटन बोर्ड पोखरा र पर्यटन परिषद पोखराले पवद्र्धक गरेका थियो । यस्तै कार्यक्रमको सहकार्य ठाकुराबाबा नगरपालिका, मधुवन नगरपालिका, बार बर्दिया नगरपालिका, बासगढी नगरपालिका ले गरेको थियो । र समन्वय बर्दिया पोखरा समन्य समाज र टि ट्यवान्टी ट्राभलले गरेको थियो ।

गोविन्दपुर समामुदायिक होमस्टे

जैविक मार्ग होमस्टे डल्ला

????????????????????????????????????

सत्खलुवा सामुदायिक होमस्टे

Write your Comment


Related News
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  •  विदेशी पर्यटकलाई नेपाल आउन खुला
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी