आज    |   

गण्डकीका होमस्टेले बर्दियाका होमस्टे संग मितेरी साईनो गास्दै



गण्डकी प्रदेशका होमस्टेहरुले प्रदेश पाँचको बर्दिया जिल्लाका होमस्टेहरु संग मितेरी साईनो गास्ने भएका छन् । बिगत लामो समय देखि ग्रामिण भेगको पर्यटन प्रवद्र्धन गदै आएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराको आयोजनामा दुई प्रदेशमा रहेका होमस्टेहरुको मितेरी सम्वन्ध स्थापित गर्न साईनो गास्न लागिएको हो ।

‘जाउँ है घुम्नलाई मितेरी जोडेर सुरु गारौँ भ्रमण वर्षलाई’ भन्ने मूल नाराका साथ पोखरामा रहेका ताङतिङ सामुदायिक होमस्टे र भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टे ले बर्दियमा रहेका गोविन्दपुर सामुदायिक होमस्टे र खाता जैविकमार्ग होमस्टे डल्ला बिच माघ २४ गते साईनो गास्न लागेको भिटोफ पोखराका अध्यक्ष नमराज अधिकारीले बताउनुभयो ।

अध्यक्ष अधिकारीले दुई प्रदेशमा रहेका होमस्टेको मितेरी साईनोले नेपाल भ्रमण वर्षमा आउने पर्यटकहलाई एक प्रदेश बाट अर्को प्रदेशमा जान प्रेरित गर्ने बताउनुभयो । सम्वन्ध एक पटक मात्र नभई जुगै सम्म स्थापित हुने भन्दै अध्यक्ष अधिकारीेले पोखरामा आएका पर्यटकलाई उक्त होमस्टेमा जान सहयोग पुग्ने बताउनुभयो ।

माघ २३ गते देखि २५ गते सम्म हुने मितेरी साईनो कार्यक्रमको आयोजना भिटोफ पोखराले गरेको छ भने नेपाल पर्यटन बोर्ड पोखरा र पर्यटन परिषद पोखराले पवद्र्धक गरेका छन् । यस्तै कार्यक्रमको सहकार्य ठाकुराबाबा नगरपालिका, मधुवन नगरपालिका, बार बर्दिया नगरपालिका, बासगढी नगरपालिका ले गरेका छन् । र समन्वय बर्दिया पोखरा समन्य समाज र टि ट्यवान्टी ट्राभलले गरेको छ ।

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी