ताजा समाचार

आज    |   

यसरी सम्पन्न भयो होटल व्यवसायी मञ्च गुल्मीको ११ औ वार्षिक साधारण 



होटल व्यवसायी मञ्च गुल्मीको ११ औ वार्षिक साधारण शनिबार गुल्मीको सदरमुकाम तम्घासमामा सम्पन्न भएको छ। होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलको अध्यक्षतामा भएको साधारण सभाको होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले उद्घाटन गर्नुभयाे।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहले होटल व्यवसायीहरुलाई तालिमको आवश्यकता रहेकाले तत्काल तालिम प्रदान गर्ने बताउनुभयो। नेपाल भ्रमण वर्षलाइ सफल पार्न होटल व्यवसायी तयार रहेको बताउदै शाहाले भ्रमण वर्ष केन्द्रित लक्षित कार्यक्रमका लागि सकारले बजेटको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथीका रूपमा महासंघका केन्द्रिय कोषध्यक्ष मोदनाथ बेल्बासे, केन्द्रिय सदस्य लालबहादुर के सी, केन्द्रिय सल्लाहकार प्रेम बन्जाडे, होटेल ब्याबसाही संघ बाँके का अध्यक्ष भिमलाल कडेलले शुभकामना व्यक्त गर्नुभएको थियो । ‘ग्राहकका लागि सेवा, सेवाका लागि व्यवसाय सबैका लागि मञ्च’ भन्ने नाराका साथ होटल व्यवसाय मञ्च गुल्मीको वि स २०५९ सालमा स्थापना भएको थयो ।

Write your Comment


Related News
  • रोकिएन साना वन्यजन्तुको तस्करी, नेपाल घुम्न आउने पर्यटकले हेर्ने के ?
  • १०० पर्यटकीय गन्तव्यको लागि दोस्रो किस्ताको रकम बाड्दै पर्यटन मन्त्रालय (कुन स्थानीय तहले कति पाउँदै)
  • यस्तो बन्यो प्रदेश ५ को होमस्टे सञ्चालन नियमावली (पूरा हेर्नुहोस)
  • नाट्टा गण्डकीको अध्यक्षमा सञ्जयकान्त सिग्देल निर्वाचित
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी