आज    |   

होमस्टे संचालन कार्यविधि, २०६७



                                                                     होमस्टे संचालन कार्यविधि, २०६७
नेपाल सरकारबाट स्वीकृत मिति २०६७।४।३
ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जिवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामिण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने ग्रामीण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेशी, आदिवासी जनजाती र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने संरचनाको निर्माण र विकास गर्ने पर्यटन नीति २०६५ अनुसार नेपालका ग्रामिण भेगमा तथा शहरी समेत होमस्टेको माध्यमबाट पर्यटनको विकास, प्रर्बद्धन, व्यवस्थापन र नियमन गर्न होमस्ट कार्यविधि जारी गर्न आवश्यक भएकोले नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देहाय बमोजिमको होमस्टे संचालन कार्यविधि, २०६७ बनाई जारी गरेको छ ।

१.संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम “होमस्टे संचालन कार्यविधि २०६७” रहेकोछ ।
(२) यो कार्यविधि २०६७।५।१ बाट प्रारम्भ हुनेछ ।
परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,–
(क) “होमस्टे” भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर समुदायमा
निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा सम्झनु पर्छ ।
(ख) “महाशाखा” भन्नाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन उद्योग महाशाखा सम्झनु पर्छ ।
(ग) “कार्यालय” भन्नाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत स्थापना भएका पर्यटन
कार्यालयहरु सम्झनु पर्छ ।
(घ) “स्थानीय निकाय” भन्नाले होमस्टे संचालन हुने स्थानको जिल्ला विकास समिति, नगरपालिका वा गाउँ
विकास समिति सम्झनु पर्छ ।
(ङ) “होमस्टे व्यवस्थापन समिति” भन्नाले दफा ७ को उपदफा (१) बमोजिम गठन भएको समिति सम्झनु
पर्छ ।
(च) “होमस्टे इकाई” भन्नाले “होमस्टे संचालन गर्न व्यवस्थापन समिति अन्र्तगत रहेका प्रत्येक घर सम्झनु
पर्छ ।

३. उद्देश्यः होमस्टे संचालनका मुख्य उद्धेश्य देहाय बमोजिमका हुनेछन्ः–
(क) होमस्टे संचालन गरी पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउने,
(ख) होमस्टे संचालन गरी ग्रामिण क्षेत्रका जनतालाई पर्यटन सेवामा सहभागि गराउने,
(ग) होमस्टे संचालन गरी ग्रामीण समुदायको आयश्रोत बृद्धि गरी जीवनस्तर वृद्धि गर्ने,
(घ) होमस्टे संचालन गरी ग्रामिण तथा स्थानीय स्तरमा स्वरोजगार विकासको माध्यमको रुपमा उपयोग
गर्ने,
(ङ) होमस्टे संचालन गरी पर्यटकलाई ग्रामीण जनजीवन साथै संस्कृतिका वारेमा जानकारी दिने,
(च) होमस्टे आवास सुविधा मात्र नभै पर्यटकलाई रितिरिवाज, कला संस्कृति र रहनसहनको उत्कृष्ट अनुभव
हासिल गर्ने मौका प्रदान गर्ने,
(छ) शहरी इलाकामा पर्यटकलाई सरल र सहज वातावरणमा बसोबासको व्यवस्था गर्ने ।

४. होमस्टेको वर्गिकरणः अनुसूचि–१ मा उल्लिखित मापदण्ड पूरा गरी अलग÷अलग स्वामित्व भएका कम्तीमा पाँचवटा घरधनीले सामुहिक व्यवस्थापन गरी संचालन गरेको होमस्टेलाई सामुदायिक ग्रामीण होमस्टे ग्रामिण तथा शहरी क्षेत्रमा निजी स्तरमा सञ्चालित होमस्टेलाई निजी होमस्टेको रुपमा वर्गीकरण गरिएको छ ।

५. पर्यटकीय क्रियाकलापः (१) होमस्टेले स्थानीय क्षेत्रमा सञ्चालन हुने सांस्कृतिक कार्यक्रम र क्रियाकलाप, परम्परागत खेलमा सहभागी गराउने, उपलब्ध हुने क्षेत्रमा जंगल टे«क, इको टे«क तथा दृश्यावलोकनको कार्यक्रमको व्यवस्था गर्नु पर्नेछ । (२) उपदफा (१) मा लेखिएदेखि बाहेक होमस्टेले देहाय बमोजिमको कार्यक्रमको आयोजना गर्नु पर्नेछः–
(क) स्थानीय सांस्कृतिक नाचगान तथा फुलमालाका साथ पर्यटकको स्वागत गर्ने,
(ख) पर्यटकहरुलाई सामुदायिक भवन वा खुला ठाउमा मौलिक परम्परा वा सांस्कृतिमा आधारित सांस्कृति कार्यक्रमहरुको प्रस्तुती मेला, जात्रा जस्ता गतिविधीहरु आयोजना गरी सहभागी गराउने ।
(ग) सांस्कृतिक सम्पदा, संग्रालय, घरेलु तथा हस्तकला सामाग्री उत्पादन केन्द्र स्थल, दृश्यावलोकन, जंगल, वन्यजन्तु तथा चरा अवलोकन गर्ने व्यवस्था गर्ने,
(घ) स्थानीय कृषि, घरेलु तथा हस्तकला प्रविधि मा सहभागी गराई पर्यटक तथा स्थानीय जनता वीच जीवनशैली, कला संस्कृति आदि विषयमा अनुभव तथा ज्ञानको आदान प्रदान गराउने,
(ङ) पर्यटकको विदाई गर्दा स्थानीय संस्कृति झल्कने मायाको चिनो सहित फुलमाला पहिराउने ।

६. दर्ताका लागि निवेदन दिनेः (१) होमस्टे संचालन गर्न चाहनेले देहाय बमोजिमका कागजात सहित अनुसूचि–२ बमोजिमको ढाँचामा रु. ५।– को टिकट टाँसी महाशाखा वा कार्यालयमा निवेदन दिनु पर्नेछ,–

(क) सामुदायिक होमस्टेको हकमा कम्तीमा पाँचजना घरधनीले आ–आफ्नो घरमा सामूहिक रुपमा होमस्टे सञ्चालन गर्न सहमत भएको लिखित प्रतिवद्धता तथा निजी होमस्टका लागि संबन्धित नगरपालिका वा गाउँ विकास समितिकोे सिफारिस,
(ख) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी । नगरपालिका क्षेत्रको हकमा नक्सा पास भएको प्रमाण,
(ग) होमस्टे संचालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।

(२) उपदफा (१) बमोजिमको निवेदन परेमा महाशाखा वा सम्बन्धित कार्यालयले आफ्नो संयोजकत्वमा नेपाल पर्यटन बोर्ड, सम्बन्धित गाउँ विकास समिति ÷नगरपालिका, स्थानीय स्वास्थ्यकर्मी समेतको प्रतिनिधिले निरीक्षण गरी अनुसूची–१ बमोजिमको मापदण्ड पूरा भए÷नभएको निरीक्षण गरी महाशाखा वा सम्बन्धित कार्यालयमा प्रतिवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको निरीक्षणबाट अनुसूची–१ बमोजिमको मापदण्ड पूरा भएको प्रतिवेदन प्राप्त भएमा महाशाखा वा सम्बन्धित कार्यालयले प्रत्येक होमस्टेलाई एकाइको रुपमा दर्ता गरी अनुसुची–३ बमोजिमको ढाँचामा होमस्टे दर्ता प्रमाणपत्र दिनेछ ।
(४) मापदण्ड पूरा नगरेकाको हकमा आवश्यक सुधार गर्न समय दिइनेछ र पुनः स्थलगत निरीक्षण गरिनेछ ।

७ होमस्टे व्यवस्थापन तथा संचालनः (१) सामुदायिक होमस्टे सञ्चालन गर्न चाहने संचालकहरुले साधारण भेला गरी देहाय बमोजिमको होमस्टे सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ,—

(क) समुदायका सदस्यहरुबाट एक जना — अध्यक्ष

(ख) समुदायका सदस्यहरुबाट एक जना — उपाध्यक्ष
(ग) समुदायका सदस्यहरुबाट एक जना — कोषाध्यक्ष
(घ) समुदायका सदस्यहरुबाट महिला सदस्य — सदस्य
(ङ) समुदायका सदस्यहरुबाट एक जना सदस्य — सदस्य–सचिव

(२) होमस्टेमा सहभागी हुने घर संख्याको आधारमा समावेशी हुने गरी समुदायले थप ६ जनासम्म सदस्यको चयन गर्न सक्नेछ । (३) होमस्टे व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ,— (क) पर्यटकीय क्रियाकलापहरु र पर्यटनहरुले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा जानकारी गराउने । (ख) आगन्तुक पर्यटकहरुको स्वागत तथा पाहुनाको आवास व्यवस्था मिलाउने,
(ग) पर्यटकको दर्ता व्यवस्था गर्ने,
(घ) आयव्ययको श्रेस्ता व्यवस्थित र दुरुस्त राख्ने,
(ङ) प्रत्येक होमस्टेको नियमित अनुगमन गर्ने,
(च) स्थानीय भ्रमण प्याकेजहरुको निर्माण र प्रचार प्रसार गर्ने,
(छ) स्थानिय वातावरण, परम्परा, शैली तथा संस्कृतिको संरक्षण गर्ने,
(ज) सांस्कृतिक कार्यक्रमहरुको प्रदर्शन÷व्यवस्थापन गर्ने,
(झ) पर्यटकहरुको स्वास्थ्योपचार र अन्य आकस्मिक सेवाहरुको व्यवस्थापन र समन्वय गर्ने,
(ञ) होमस्टेको साइनेज तथा लोकेसन म्याप तयार गर्ने,
(ट) पर्यटक आवास गृहमा उपलब्ध हुने सुविधा तथा मेनु÷मुल्य निर्धारणमा एकरुपता कायम गर्ने,
(ठ) प्रत्येक आर्थिक बर्ष समाप्त भएको पैतीस दिन भित्र पर्यटक संख्या, प्रमुख क्रियाकलाप आय तथा व्यय देखिने वार्षिक प्रतिवेदन महाशाखा वा कार्यलयमा पठाउने,
(ड)) होमस्टेको विकास, पवद्र्धन तथा व्यवस्थापनका लागि अन्य आवश्यक कार्यहरु गर्ने ।
(ढ) जिल्लास्थित होमस्टे समन्वय समिति र केन्द्रमा रहेको पर्यटन मन्त्रालयसंग नियमित सम्पर्क र सञ्चार गर्ने ।
(ण) अनुसूची–४ बमोजिमको सूचना पर्यटकहरुले देख्ने स्थानमा राख्नु पर्ने,
(त) होमस्टे विकास प्रवद्र्धन तथा व्यवस्थापनका लागि अन्य आवश्यक कार्यहरु गर्ने,

८. जिल्ला होमस्टे समन्वय समिति

९. अनुगमन तथा निरिक्षण सम्बन्धी व्यवस्थाः
१०. नवीकरणः
११. प्रचार प्रसार तथा बजारीकरणः
१२. होमस्टे एसोशिएसनः
१३. विविधः

अनुसूची १
(दफा ४ संग सम्बन्धित)
होमस्टे संचालनका आधारभूत मापदण्ड
१. होमस्टका लागि घर, कोठा र शैयाः
(क) प्रत्येक सामुदायिक होमस्टका लागि भिन्न भिन्न स्वामित्व भएका कम्तीमा ५ वटा घर ( होमस्टेयूनिट) हुनु पर्नेछ । एकआपसमा सहज पहुँचका लागि बाटोको प्रबन्ध भएको, घरहरु मौलिक संस्कृती झल्कने र हावा हुरी, जंगली जनावर आदीबाट सुरक्षित हुनु पर्ने, खुला, हिलो तथा धुलोरहित सफासुग्घर हुनुपर्नेछ ।
(ख) होमस्टमा पाहुनाका लागि कम्तीमा एउटा अलग्गै कोठा हुनुपर्नेछ ।
(ग) होमस्टेसंचालन गर्ने एक घरमा बढीमा ४ कोठा पर्यटकका लागि छुट्याउन सकिनेछ ।
(घ) एउटा कोठमा बढीमा २ वटामात्र ओछ्यान रहनुपर्ने छ । ओछ्यान कम्तीमा ६.५ फिट लम्बाई र ३ फिट चौडाईको हुनुपर्नेछ ।
(ङ) भुईमा कार्पेट वा राडी वा सफा गुन्द्री ओछ्याएको हुनुपर्नेछ ।
(च) ढोकामा खुटृा पुछ्ने बोरा वा डोरम्याट भएको हुनुपर्नेछ ।
(छ) नरम खालको सेतो तन्ना भएको र सेतै खोल भएका ओढ्नेको व्यवस्था हुनुपर्नेछ ।
(ज) भित्तामा वा ढोकाको पछाडीपटिृ लुगा झुण्ड्याउने व्यवस्था भएको हुनुपर्नेछ ।
(झ) कोठामा विजुली बत्ती वा लाल्टिन वा मैन वा टुकी पानस वाल्ने व्यवस्था हुनुपर्नेछ ।
(ञ) सुत्ने कोठामा धुवाँ आउन नहुने ।
(ट) सुत्ने कोठामा राम्रा राम्रा दृश्य र स्थानीय संस्कृति झल्कने तस्विरहरु भएमा राम्राे हुने ।
(ठ) फोहोर फाल्ने एउटा टोकरी (डस्टवीन) को व्यवस्था हुनुपर्नेछ ।
(ड) सम्भव भएसम्म प्रत्येक पाहुनाका लागि १ जोर चप्पल (स्लीपर) को व्यवस्था हुनुपर्नेछ ।
(ढ) सम्भव भएसम्म भित्तामा एउटा अर्धकद (आधा शरिर) देखिने ठूलो ऐना झुण्डाएको हुनुपर्नेछ ।
(ण) सम्भव भएसम्म सुत्ने कोठामा चिया टेवल राख्नु राम्र े ा हुने ।
(त) सम्भव भएसम्म सुत्ने कोठामा २ वटा कुर्सी राख्नु राम्राे हुने ।

२. शौचालय र स्नानगार ः
(क) सुविधायुक्त र सफा शौचालय हुनु पर्ने ।
(ख) होमस्टे संचालन गर्ने घर वा समुदायमा नुहाउने प्रवन्ध (छुटैृ बाथरुम वा कम्तीमा छेकिएर नुहाउन सकिने सुविधायुक्त ठाउँ) ।
(ग) स्नानगारमा पानीको बाल्टी, मग, सावुन, रुमाल आदि आधारभूत वस्तुहरु हुनु पर्ने ।

३. भान्छा कोठा र खाना खाने व्यवस्था ः
(क) पाहुना राख्ने घर÷कोठा नजिक गाई भैसी अथवा भेडाबाख्रा, सुगुँर, कुखुरा आदि वाध्न वा पाल्न नहुने । (ख) धेरै धुवाँ नहुने भान्सा (उन्नत वा सुधारिएको चुलो भएको) ।
(ग) पानीको सुविधा मिलाउनुपर्ने र खानेपानी फिल्टर गरेर वा उमालेरमात्र दिने ।
(घ) स्थानीय खानाका परिकारहरुलाई स्वास्थ्कर ढंगले पकाउने र खुवाउने प्रवन्ध हुनुपर्ने ।
(ङ) नेपालीहरुलाई राम्र े ासंग पलेटी कसेर वसेर खान मिल्ने ठाउँ हुनुपर्ने ।
(च) विदेशीलाई सानो डाइनिङ्ग टेवलको पनि प्रवन्ध भए राम्राे हुने ।
(छ) खानपीन विवरण तथा मूल्य निर्धारण गरिएको हुनुपर्ने (मेनु भएको) ।

४.स्वास्थ्य, सरसफाई तथा सुरक्षा ः
(क) मुसा, लामखुटेृ, उडुस, उपियाँ आदिबाट सुरक्षित हुनु पर्ने, दुर्गन्ध वा गाई भैसीको गोठबाट टाढा हुनु पर्ने, सामुदायिक रुपमा प्राथमिक उपचारको व्यवस्था हुनु पर्ने, खुला नाली र ढल हुन नहुने ।
(ख) वातावरण मैत्री पर्यटन कृयाकलाप, पर्यटकीय सम्पदाहरुको संरक्षण, सार्वजनिक शौचालयको व्यवस्था, बृक्षरोपण ।

Write your Comment


Related News
  • बन्दिपुर पर्यटन विकास समितिको अध्यक्षमा किशन प्रधान निर्वाचित
  • कोरोना त्रास, कोरिया, जापानका पर्यटकको बुकिङ पनि रद्द
  • प्रदेश पाँचका होमस्टे कर्मीलाई बिना धितो कृषि बिकास बैंकले सहुलियत कर्जा दिने
  • होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी