आज    |   

दामन घटना : ‘भूलवश मानवीय त्रुटी’ होटल महासंघ प्रदेश दुई



होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईले दामनमा मृत्यु भएका भारतीय पर्यटक प्रति दुख व्यक्त गरेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गदै मकवानपुर जिल्लाको थाहा नगरपालिकामा रहेको एभरेष्ट पानारोमा रिसोर्टमा माघ ७ गते भएको घटना प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

अध्यक्ष हिरालाल गौतम र महासचिव मोहन शर्मा लामिछानेद्वारा जारी विज्ञप्तिमा मृतक प्रति श्रद्धान्जली अर्पण सहित शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गदै उक्त घट्ना घट्नुका पछाडि भूलवश मानवीय त्रुटी भएको बताइएको छ ।

साँझको बेला ग्यास हिटर बालेर सुतेकै कारण चार बालिबालिकासहित दुई दम्पतीको निसास्सिएर मृत्यु भएको जनाउदै विज्ञप्तिमा भनिएको छ ‘भूलवश मानवीय त्रुटीबाट सो घटना घट्न गएको भन्दै होटल तथा पर्यटन व्यवसायीलाई थप सचेत र जिम्मेवार हुनुपर्ने बनाएको छ । होटलका पाहुँना तथा पर्यटकहरुको सेवा सुविधाका अलवा सुरक्षाका लागि सावधानी अपनाउदै सम्वन्धीत सरोकारवाला पक्षहरुसंग समन्वय र सहकार्य गदै यस्ता खाले अप्रिय घटना नदोहोरीहोस भन्ने अभिप्रायले प्रदेश दुईको महासंघ र यस अन्र्तगतका ८ वटा जिल्लाका संघका तर्फ बाट अपिल गर्दछौँ ‘।
‘भ्रखरै सुरु भएको नेपाल भ्रमण वर्ष सन् २०२० को सफलताको साथै होटल तथा पर्यटन व्यवसायीको सुदृढिकरणका लागि यस महासंघ र जिल्ला संघहरुले विभिन्न किसिमका रचनात्मक कार्यक्रम गदै आएको बताउदै भ्रमण वर्षलाई महाअभियानको रुपमा सफल बनाउन होटल तथा पर्यटन व्यवसायीहरु, सुरक्षा निकाय, स्थानीय तह, संञ्चारकर्मी तथा सरोकारवाला सम्वन्धीत सबैलाई सहकार्य समन्वय, सदभाव र सहयात्राका लागि समेत हार्दिक अपिल गर्दछौँ । ‘ विज्ञप्तिमा भनिएको छ ।

Write your Comment


Related News
  • होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी
  • होमस्टे आन्दोलन जनयुद्ध जस्तै हो : उपाध्यक्ष बस्याल
  • होटलकर्मीलाई चिनिया भाषा तालिम
  • प्रदेश दुईको प्रमुख धार्मिक पर्यटकीय स्थल हो गढीमाई मन्दिर
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी