ताजा समाचार

आज    |   

दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त



माघ ७ गते दामनमा मृत्यु भएका भारतीय पर्यटक प्रति होटल तथा पर्यटन व्यवसायी संघ नेपाल वाग्मती प्रदेशले दुख व्यक्त गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गदै मकवानपुर जिल्लाको थाहा नगरपालिकामा रहेको एभरेष्ट पानारोमा रिसोर्टमा माघ ७ गते भएको घटना प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

अध्यक्ष सन्तोष उप्रेति र महासचिव दामोदर नेपालद्वारा जारी विज्ञप्तिमा मृतक प्रति श्रद्धान्जली अर्पण सहित शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गदै उक्त घट्ना घट्नुका पछाडि मानवीय त्रुटी भएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘घटनाका सम्वन्धमा सम्वन्धीत निकायबाट भएका प्रारम्भिक अनुसन्धान र स्वयम रिसोर्ट संञ्चालक तथा कर्मचारीका तर्फबाट प्राप्त जानकारीका आधारमा उक्त घटना केवल मानविय त्रृटिका कारण घटन पुगेको देखिएकाले हामी यस क्षेत्रमा संलग्न सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरुलाई यस घटनाले अझ थप सचेत र बढी जिम्मेवार बनाएको हामीले महसुस गरेका छौँ । पाहुनाहरुको सेवामा समर्पित सम्पूर्ण होटलव्यवसायीहरुले आफ्ना होटलमा आउने पाहुना तथा पर्यटकको सेवा र सविधाका साथसाथै हरेक पर्यटटको सुरक्षाको प्रत्याभूतिका लागि सुरक्षा सावधानी अपनाउन अनुरोध गदै सम्वन्धीत निकायहरुसंग समन्वय र सहकार्य गरी यस प्रकारका अप्रिय एवंम दुखत घटनाहरु नदोहोरिन प्रदेश मातहतका १३ जिल्लाका संघहरुलाई हार्दिक अपिल गर्दछौँ ।’

साँझको बेला ग्यास हिटर बालेर सुतेकै कारण चार बालिबालिकासहित दुई दम्पतीको निसास्सिएर मृत्यु भएको जनाउदै विज्ञप्तिमा ‘नेपाल भ्रमण वर्ष सन् २०२० को सुरुवातमा यस्तो घटना घट्नुले संसारभरबाट नेपाल भ्रमणमा आउन चाहाने पर्यटकहरुमा समेत नकारात्म संदेश प्रवाह हुन सक्ने हुदा त्यस प्रकारको नकारात्म सन्देश नजाओस भन्नका लागि र नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्नका साथै आगामी वर्षहरुमा समेत पर्यटकहरुको निरन्तर आगम बढाउनको लागि हामी पर्यटन क्षेत्रमा आवद्ध होटल तथा पर्यटन व्यवसायीहरु चनाखो हुनु आवश्यक छ ।’ भनिएको छ ।

Write your Comment


Related News
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • कोभिड १९ : बेरोजगार बनेका पथप्रर्शक र अन्यवलमा परेका पर्यटन संघसंस्थाहरुको भविष्य
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी