आज    |   

अच्युत गुरागाई नाट्टाको अध्यक्षमा निर्वाचित



अच्युत गुरागाई नाट्टाको अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को मतदानबाट गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् । गुरागाई आफ्ना प्रतिस्पर्धी भिम प्रसाद पन्त र निहीका शाहलाई पराजित गर्दै विजयी भएका हुन् ।

मतदानबाट नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्ननेत, उपाध्यक्षमा थोपा थापा, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा यूविका भण्डारी निर्वाचित भएका छन् ।

यस्तै सदस्ययहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राज कुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भएका छन् ।

Write your Comment


Related News
  • Nepal Tourism Board scales back budget by 75 percent as revenue streams disappear
  • आज कुन विदेशी मुद्राको सटही दर कति ?
  • आईतबार नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि
  • होटल संघद्वारा स्वास्थ्य सुरक्षा अभिमुखिकरण तालिम आयोजना
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी