आज    |   

२५०० मिटरको उचाइमा ‘थम डाँडा इको होमस्टे कम्युनिटी’



समुन्द्री सतहदेखि २५०० मिटरको उचाइमा रहेको कास्की जिल्लाको उत्तर पश्चिम पर्ने अन्नपूर्ण गाउँपालिका वडा नं आठ मा अवस्थित छ थम डाँडा इको होमस्टे कम्युनिटी । थमडाँडालाई अझ सुन्दर बनाएको छ इको होमस्टे कम्युनिटीले । होमस्टे बाट पश्चिमतर्फ रहेको पर्चुको मुलको चिसो पानीले आँतको गहिरो प्यास बुझाई एकमात्र उच्च स्थलबाट बिहानीको सूर्योदयसँगै अन्नपूर्ण हिमश्रृंखलाको पूर्ण दृश्यावलोकन गर्न सकिन्छ । साथै थमडाँडा ग्रामिण पर्यटकीय पथमार्ग हुँदै टाढा पानी, घोरेपानी पुग्न र दाङसिङ, महोरिया जान सकिन्छ । होेमस्टेमा तमु गाउँका विविध संस्कार, संस्कृति, रहन(सहन र यहाँका स्थानीय जनमानसको दैनिक जीवनयापन विधि विधान देख्दा मन नै लोभिन्छ ।

के छ थम डाँडामा
तमु, दाङसिङ र महोरिया गाउँको शीर मानिने थम डाँडा, मात्रै डाँडा नभई अन्नपूर्ण हिमश्रृंखला दृस्यावलोकनको लागि एकमात्र पहिलो र छोटो वैकल्पिक ग्रामिण पर्यटन पथमार्ग हो। थमडाँडाबाट उत्तरतर्फ फुर्का गाड्ने भीर, पोलुचेँ चौर लुम्रु डाँडा, थेब्रुँ चौर देखिन्छ भने सुन्दर अन्नपूर्ण हिमश्रृंखला अन्तर्गत अन्नपूर्ण, लम्जुङ हिमाल, मनात्सलु, हिमचुली, माछापुच्छ्रे र अन्नपूर्ण साउथजस्ता विश्वका अग्ला हिमालहरू स्पष्ट देख्न सकिन्छ। साथै घान्द्रुक, लान्द्रुक किम्चे र फुलिवाङ गाउँ पनि यहाँबाट उत्तरतर्फ देख्न सकिन्छ।

पूर्वतिर तोल्का, भिचुक, पात्लीखेत, धम्पुस, काँडे र पोखरा पर्छ। थम डाँडाबाट थोरै माथि फुर्का गाड्ने भीर पुग्ने हो भने त्यहाँबाट फेवाताल पनि देखिन्छ। दक्षिणतर्फ बिरेठाँटी, नयाँपुल, सुप्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासे डाँडा, चित्रे, डिमुवा, कुश्मा, भूका ताङ्ले पर्वतदेखि बाग्लुङसम्मको दृश्यावलोकन गर्न सकिन्छ।
थमडाँडाको काखमा झुलेका लाग्छन् चिम्रोङ, आङवाङ र गैरीवाङका धानका बालाहरू, त्यस्तै गरी कोखिल्लामा रहेको तमु, तिख्यान लमाखेत, दाङसिङ, महोरिया थमडाँडाको आधार गाउँहरू हुन्।

पर्यटकीय गन्तव्य थम डाँडा पुग्नको लागि पोखराबाट पोखरा बाग्लुङ राजमार्ग हुँदै, लुम्ले, नयाँपुल, बिरेठाँटी, लामाखेत,तमु महोरियासम्म बस, जीप र मोटर बाइकमा पुग्न सकिन्छ भने मुख्य आधार महोरिया गाउँबाट पैदल यात्रा गर्दै बाकोट, सेलांचे, ओखरेनी, चुल्डाहा अर्थात् ढिकीडाँडा हुँदै पर्यटकीय गन्तव्य थम डाँडा पुग्न सकिन्छ। मनोरम प्रकृतिसँग मितेरी लगाइसकेपछि थम डाँडामा सञ्चालित होमस्टेको अनुभव गरि रमाउन सकिन्छ।

उत्तरपट्टिको घान्द्रुकदेखि दक्षिण पश्चिमपट्टिको सार्क्युँ, हिले, सावेत, तिखेढुंगा २४० डिग्रीसम्मको नापमा दृश्यावलोकन क्षमता भएको अर्थात् थम डाँडालाई प्राकृतिक भ्यू टावरसमेत नामाकरण गरिएको छ। थम डाँडाको आफ्नै विशेषता हुँदा(हुँदै यो यात्राको प्रमुख आकर्षक हो चुल्डाहा। गुरुङ भाषामा चुल भनेको ढिस्को र डाहा भनेको अफ्ट्यारो जङल या खाल्डो खुल्सी भाको ठाँउ भन्ने बुझिन्छ।
हाम्रा पूर्खाहरूका अनुसार करीब दुई सय साठी वर्ष पूरानो भग्नावशेष घरको अवशेष भएको चुल्डाहालाई यहाँका स्थानीयहरूले ढिकी डाँडा भनेर चिन्दछन्।

पुरातात्विक संग्राहलयको रूपमा यस पर्यटन पथमार्गको प्रमुख विशेषता हो चुल्डाहा अर्थात् ढिकीडाँडामा करीब दुई सय साठी वर्ष पूरानो भूरे नाम गरेका राजाको भग्नावशेष घरको अवशेष, तलपट्टी रानी नुहाउने कुवा र उनै भूरे राजाको घरमा प्रयोग गरिएको ढिकी, ओखल र जाँतो रहेको छ।

नेपाल एकीकरणपूर्व बाइसे चौबिसे राज्यको लडाइँमा ठुलो क्षती तथा घाइते भई भागेर आई अनिश्चित कालको लागि भूरे राजा र परिवार यहाँ बसेको मानिन्छ। राजाले महोरिया तथा आसपासका गाउँहरूमाथि शासन गर्ने, कर उठाउँने, लडाइँमा लैजाने, दास दासी बनाउँने जस्ता कुनैपनि कार्य गरेको नदेखिएको तथा प्रमाण नभेटिएकोले उनी केवल आफ्नो शासन व्यवस्था, ढुकुटी र राजखान्दानीको लागि सुरक्षित हुन र केही समय विश्रामको लागि यहाँ आएको र अन्दाजी ज्ञण्(ज्ञछ वर्ष चुल्डाहामा बसेको मानिन्छ। पछि शक्ति सन्चय गरेर छोडि गएको देखिन्छ। भूरे राजा र उनको परिवार चुल्डाहामा बस्ने क्रममा रानीले यहाँको हावापानी खानेकुरा मध्ये पोलेचेँ चौरको सिस्नो, मुल्क्राको पानी, युब्रोको टोन्टा ९बर्मले० ज्यादै मन पराएको किस्सा हाम्रा बा बाजेले भनेको सुन्दै आएका हामी आजसम्म पनि रानीले खाएको सिस्नो, रानीले पिएको पानी रानीले खाने टोन्टा बर्मले भन्ने चलन यतावत् नै छ।

पछिल्लो समय यो क्षेत्रलाई थमडाँडा इको होमस्टे कम्युनिटिको नाम दिँदै यी र यस्ता अनेकौँ पूरातात्विक वस्तुहरूको संरक्षण, सम्वर्द्धन, प्रचार प्रसारको अभिभारा यसै गाउँमा स्थापित संस्था बाकोट बराह क्लबका साथै हिमचुली आमा समूह, लालीगुराँस आमा समूह र आसपासका साना तथा ठुला सामाजिक संस्थाहरूले अति महत्वका साथ चासो लिएका छन्।

Write your Comment


Related News
  • बन्दिपुर पर्यटन विकास समितिको अध्यक्षमा किशन प्रधान निर्वाचित
  • कोरोना त्रास, कोरिया, जापानका पर्यटकको बुकिङ पनि रद्द
  • प्रदेश पाँचका होमस्टे कर्मीलाई बिना धितो कृषि बिकास बैंकले सहुलियत कर्जा दिने
  • होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी