आज    |   

टान पश्चिमाञ्चलको आयोजनामा कर सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न



ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको योजनामा आईतबार एक दिने कर सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बदलिंदो परिवेष अनुसार बर्तमान समसायिक कर सम्बन्धी बिषयलाई आफ्ना सदस्य कम्पनीहरुलाई जानकारी दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको अध्यक्ष हरि भूजेलले जानकारी दिनुभयो ।

कार्यक्रममा आन्तरीक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ॠषिराम पौडेले पछिल्लो कर प्रणालीको बारेमा संक्षिप्त जानकारी दिनुभयो । टानका निर्वतमान अध्यक्ष दिपकराज अधिकारीले समसामायिक कर प्रणाली र त्यसले ट्रेकिङ व्यबसायमा पारेको अप्ठेरो फुकाउन कर अधिकृतहरुलाई पहल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमको बिर्सजन सघंका प्रथम उपाध्यक्ष शुशिलराज पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव जिबनराज सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा टानका पुर्व अध्यक्ष एवं सल्लाहकारहरु ,सदस्य कम्पनीका संचालक तथा प्रतिनिधीहरु सहित ७५ जनाको उपस्थिती रहेको थियो ।

Write your Comment


Related News
  • Nepal Tourism Board scales back budget by 75 percent as revenue streams disappear
  • आज कुन विदेशी मुद्राको सटही दर कति ?
  • आईतबार नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि
  • होटल संघद्वारा स्वास्थ्य सुरक्षा अभिमुखिकरण तालिम आयोजना
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी