आज    |   

बाघभैरव मन्दिर



bagbhairab mandir

बाघभैरव मन्दिर

बाघभैरवको मन्दिर काठमाडौँ जिल्लाको किर्तिपुर नगरपालिकामा अवस्थित एक ऐतिहासिक धार्मिक स्थल हो । काठमाडौं उपत्यकाबाट सात किलो मिटर दक्षिण पश्चिममा रहेको बाघभैरवको मन्दिर समुद्री सतहबाट एक हजार ४ सय ५ मिटर उचाइमा रहेको छ । प्यागोडा शैलीको तीन तले मन्दिर कीर्तिपुर डाँडाको बीच भागमा अवस्थित छ । यो किर्तिपुर नगरपालिकाको ठूलो र महत्वपूर्ण मन्दिर हो । यस मन्दिरमा १८ वटा गजुर रहेकाे छ। कीर्तिपुर नगरको स्थापनासँगै निर्माण भएको यस मन्दिर करिब ९०० वर्षको इतिहास बोकेको भन्ने गरिन्छ ।

किंवदन्ती अनुसार बाघभैरवको उत्पत्ति को बारेमा कुनै खास प्रमाण फेला नपरे पनि पौराणिक लोककथा एवम् जनश्रुतीअनुसार परापूर्वकालमा हाल मन्दिर भएको ठाउँमा जङ्गल थियो । उत्तरको भिरालो जङ्गलमा भेडाबाख्रा चराउन गएका गोठाला केटाकेटी माटाका विभिन्न मूर्ति बनाउने क्रममा बाघको मूर्ति निर्माण गरे । बाघको मूर्ति बनेपछि त्यलाई सुहाउने जिब्रो बनाउनका लागि पात खोज्न गए । त्यस क्रममा बाघको मूर्तिमा भैरव उत्पन्न भई त्यहाँ भएका भेडाबाख्रा खाइदिएको र पात लिएर फर्कदा आफ्ना भेडाबाख्रा नदेखेपछि उनीहरू रुन कराउन थाले त्यसपछि आफूहरूले बनाएको बाघको मूर्तिको मुखमा रगत लतपतिएको देखे त्यही बाघले नै आफ्ना भेडाबाख्रा खाएको भन्दै रिसले मूर्तिमा जिब्रो राखेनन् । पछि मूर्तिमा भगवानको उत्पत्ति भएको भन्दै मन्दिर बनाएर मूर्ति राखे भन्ने किंवदन्ती छ । त्यही किंवदन्तीका आधारमा आजसम्म पनि बाघभैरवको मूर्तिमा जीब्रो नरहेको मानिदै आएको छ ।

यस मन्दिरमा प्रत्येक वर्षको सिंह सङ्क्रान्ति (भदौ १ गते) बाघभैरव जात्रा लाग्छ । जात्राका अवसरमा खटजात्रा गर्ने प्रचलन छ । खटजात्रा चलाउने परम्परा वि.सं. २०१४ भदौ १ गतेदेखि सुरु गरिएकोमा खटजात्रा सुरु गरिएको ५० वर्षका अवसरमा वि.सं. २०६४ सालमा स्वर्ण महोत्सव भएको थियो ।

Write your Comment


Related News
  • होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी
  • होमस्टे आन्दोलन जनयुद्ध जस्तै हो : उपाध्यक्ष बस्याल
  • होटलकर्मीलाई चिनिया भाषा तालिम
  • प्रदेश दुईको प्रमुख धार्मिक पर्यटकीय स्थल हो गढीमाई मन्दिर
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी