आज    |   

सन् २०२० मा घुम्नै पर्ने प्रदेश १ का १० गन्तव्य



नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको घोषणा गरेको गरेको छ । हिमालयको प्रदेश एक प्राकृतिक सौन्दर्य,जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य हाे । पर्यटकीय हिसाबले प्रदेश नम्बर १ धनि प्रदेशको रुपमा प्रर्दछ । यस प्रदेशमा मेचीका ४, कोशीका ६ र सगरमाथाका ६ मध्ये ४ गरी १४ जिल्ला समेटिएका छन् । ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीन जिल्ला हिमाली प्रदेशमा, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पांँचथर, इलामसहित ८ जिल्ला पहाडमा र झापा, मोरङ तथा सुनसरी तराईका जिल्लामा अविस्थत छन । भ्रमणा वर्षमा यस प्रदेशमा घुम्न आउने आन्तिरक तथा वाह्य पर्यटकको लागि प्रदेशमा रहेका मुख्य पर्यटकीय स्थल सगरमाथा, कञ्चनजंघा, गुराँसको राजधानी तीनजुरे मिल्के जलजले, भेडेटार, अरूण उपत्यका, किचकबध, केचना, पाथीभरा, हलेसी, लारूम्बा, छिन्ताङदेवी धार्मिक स्थलहरु आकर्षकका रूपमा रहेका छन् ।

सन् २०२० मा घुम्नै पर्ने प्रदेश १ का १० गन्तव्य

सगरमाथा
प्रदेश नम्बर एकको सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर हो । ८ हजार ८ सय ४८ मि को उचाईमा रहेको सगरमाथा हेर्न तथा आरोहण गर्न विभिन्न देशका नागरिक आउने गर्दछन् । नेपालको पर्यटनको पहिलो गन्तव्यको रुपमा रहको सगरमाथा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारी ले पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । नेपालकी पहिलो महिला आरोही पासाङ ल्हामु शेर्पा हुन । विदाको समय सदुपयोग गर्न काहाँ जाने के गर्ने भन्नेका लागि यो स्थान राम्रो गन्तव्यको रुपमा रहेको छ । यसका साथै घुम्नका लागि सोलुखुम्बुको उत्तरी भागमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज पनि उपयुक्त छ । यस ठाउँबाट सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमाल देख्न सकिन्छ । १ हजार १ सय ४८ वर्ग किलोमिटरमा फैलिएको सगरमाथा राष्ट्रिय निकुञ्ज १८ सय मिटरदेखि ४ हजार ४८ मिटरसम्मको उचाईमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर, मोनाल, हा‘इटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी रहेका छन् । यो ठाउँमा पुग्न काठमाडौंदेखि लुक्लासम्म हवाई यात्रा र त्यसपछि पैदल यात्रा गरेर सगरमाथा क्षेत्रमा पुग्न सकिन्छ ।

इलामको कन्याम
पूर्वी नेपालको प्रदेश नम्बर एक मा पर्ने इलामको कन्याम पर्यटनको उत्कृष्ट गन्तव्य हो । सूर्योदय नगरपालिकामा पर्ने कन्याम नेपालकै उत्कृष्ठ चिया बगान हो । चिया बगान हेर्न वर्षेनि आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । यो ठाउँ मनोरम दृष्यावलोकन, घोडचढी, पिकनिक स्पटका लागि उपयुक्त ठाउँ हो । यस ठाउँको फिक्कलबाट रमाइलो दृश्य हेर्न सकिन्छ । यस ठाउँमा पुग्न यातायत तथा हवाई यात्रा बाट सहजै अवलोकन गर्न सकिन्छ ।

भेडेटार
प्रदेश नम्बर एकको सुनसरी र धनकुटा जिल्लामा सिमानामा अवस्थित भेडेटार उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा स्थापित छ । यदि पूर्व तिर घुम्न जादै हुनुहुन्छ भने यस ठाउँमा अवश्य पुग्नुहोस । समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा रहेको भेडेटारबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू सजीलै हेर्न सकिन्छ । दुरिको हिसावले पनि नजिक रहेको यो ठाउँ धरानबाट १७ किलोमिटर उत्तरमा रहेको छ । यो ठाउँ यतिबेला उपयुक्त ठाउँको रुपमा रहेको छ । यो ठाउँ चिसो हुनाले तराईको गर्मी छल्न तथा स्वच्छ वातावरणमा रम्न एवं पहाडी र हिमाली भेगको सुन्दरता हेर्न उपयुक्त मानिन्छ ।

ताप्लेजुङ को पाथिभरा
प्रदेश नम्बर एकको अर्को धार्मिक तथा पर्यटकीय स्थल हो ताप्लेजुङ को पाथिभरा । खुला आकाशमुनि सौम्य मुद्रामा देवीको मूर्ति रहेको यो स्थान मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिकस्थल हो । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा पनि मानिन्छ । यो ठाउँ धार्मिक स्थल मात्र नभईकन रमणीय पर्यटकीय स्थल पनि हो । यस ठाउँमा जान फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै उकालो हिडनु पर्दछ । तर डाँडा पुगेपछि त्यहाँको पूजा सामग्री, हवन र धुपको गन्धले थकान मेटाइदिन्छ । यस ठाउँबाट विभिन्न हिमालहरुको मनोरमदृश्य हेर्न सकिन्छ । यदि पूर्वको यात्रा गदै हुनुहुन्छ भने यस ठाउँलाई नछुटाउनुहोला । यो ठाउँ पुग्नको लागि सहजै आतायातको साधन पाईन्छ ।

हिले बजार
पूर्वको अर्को छुटाउनै नसकिने पर्यटकीय क्षेत्र हो हिले बजार । प्रदेश नम्बर एकको धनकुटा जिल्लामा अवस्थिर्ते हिले बजार पर्यटकीय गन्तव्यको लागि एक स्थल हो । करिब करिब यो बजार भारतको दार्जिलीङ जस्तै देखिन्छ । यसलाई नेपालको दार्जिलीङ भनेर पनि चिन्ने गरिन्छ । करीब १,९५० मीटर उचाईमा अवस्थित धनकुटाको हिले बजार तेह्रथुम, भोजपुर, सङ्खुवासभा को गेटवे पनि हो । यो ठाउँमा कहिले गर्मि हुदैन । सधै चिसो हावापानी भई रहन्छ । यस ठाउँमा प्राय जसो पर्यटककहरु हिलेको “तोङवा” र सुकुटी खान जाने गर्दछन । यस ठाउँमा घुम्नको लागि आक्रषक वौद्ध गुम्बा, तेह्रथुम जिल्लाको बसन्तपुर नजिकबाट देख्न सकिन्छ । यो ठाउँमा पनि यातायाको साधन सजिलै पाईन्छ ।

श्री अन्तु
पूर्वि पहाडी जिल्ला इलामको सूर्योदय गरपालिका क्षेत्रमा रहेको श्री अन्तु पर्यटकको रोजाईको केन्द्र हो । निकै मनमोहक अन्तु डाडाबाट सुर्यदय र सुर्यअस्त सजिलै हेर्न सकिन्छ । फिक्कल बजारबाट करिब १४ किमी पूर्वमा रहेको अन्तु पुग्न गाडिमा १ घण्टा लाग्दछ । श्रीअन्तु डाँडाबाट सूर्यको किरण र हरियाली वातावरण निकै रोचक देखिन्छ ।

नमस्ते झरना
पूर्व अर्थात प्रदेश नम्बर एक मा पर्यटकीय स्थलहरु धेरै नै छन् त्यस मध्येको नमस्ते झरना पर्यटकका लागि एक पययुक्त गन्तव्य हो । धनकुटाको साँगुरीगणी गाउँपालिकाको सिम्सुवा खोलामा रहको यस झरना हेर्न आन्तरिक पर्यटकको भिड लाग्ने गर्दछ । करिब ८० मिटर माथिबाट झरेको पानीको फोहराले जो कोहिको पनि मनै लोभ्याउछ । भेडेटार देखि नजिकैको दुरीमा रहेको यो ठाउँ सहजै पुग्न सकिन्छ । झरनाको पानिमा भिज्न तथा प्रेम मिलनको लागि लागि यो ठाउँ उपयुक्त हो । यस ठाउँमा पुग्न सहजै गाडि पाईन्छ ।

धनकुटाको नाम्जे गाउँ
विश्वको प्रमुख हेर्नुपर्ने १० वटा गाउँ मध्येको एउटा गाउँ हो नाम्जे गाँउँ । अमेरिकन समाचार संस्था सिएनएनले हेर्नुपर्ने गाउँको रुपमा नाम्जे गाँउँलाई घोषणा गरे पछि अहिले योठाउँ हेर्न सबैजना जाने गर्दछन । ग्रामीण भेगमा रहेको यो गाउँ सुन्दर छ । जताततै हरियाली तथा रमणिय दृश्यको यस ठाउँबाट अवलोकन गर्न सकिन्छ । मगर जातिको घना वस्ती रहेको यो गाँउ सफा र हेर्दा चिटिक्क परेको छ । यो गाँउको अर्को आकर्षण हो थुम्कीमा रहेको अमेरिकाका क्याथोलिक युनिर्भ्सिटीका १२ जना आर्किटेक ईन्जिनियरहरुले वनाएका आत्मा वस्ने घर । आत्मा वस्ने घर भन्नाले स्थानिय नाम्जेवासी मगरहरुको २ सय २८ वटा चिहानको ढुंगा मिलाईएर वनाईएको एकप्रकारको छाना विनाको घर हो । यसलाईनै आत्मावस्ने घर भनिन्छ । यहाँ आउने पर्यटकहरुले यहाँको मगरजातिको हुर्रा नाच हेर्न पाउछन् ।

कोशी टप्पु को जंगल सफारी
पूर्वमा अर्को घुम्नै पर्ने ठाउँ हो कोशी टप्पु वन्यजन्तु आरक्ष तिन वटा जिल्ला सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैर्लिको आरक्षको प्रमूख आकर्षक हो जंगल सफारी । यसका अलवा यस ठाउँमा विभिन्न प्रजातिका ४४१ प्रकारका चराहरु, २१९ वटा दुर्लभ अर्ना र १२ वटा डल्फीन समेत हेर्न सकिन्छ । यो क्षेत्रमा अर्को आकर्षक को रुपमा तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, लिखुु र ईन्द्रावती मिसिएको साप्तकोशी नदिको अवलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटकका लागि हात्ति सफारीको को पनि व्यवस्था गरिएको छ । यहाँ पर्यटककाहरुले कोशी नदीमा बोटिङको मजा लिन समेत पाउँछन् । कोशीको बिचमा रहेको टापुमा बोटिङ मार्फत पुयाईन्छ । मनोरम दृश्य तथा मनोरञ्जनका रुपमा बालुको थुप्रोमा रमाउन सकिन्छ । यस ठाउँमा पुग्नको लागि विराटनगरबाट करिब ५० किमी उत्र पश्चिम तथा धरानबाट ४० किलोमिटर पश्चिम दक्ष्णिमा रहेको कोशी टप्पु पुग्न यातायातको साधन सजिलै पाईन्छ ।

तमोर नदीमा ¥याफ्टिङ
प्रदेश नम्बर एकको अर्को घुम्नै पर्ने स्थान हो तमोर नदीमा ¥याफ्टिङ । धरानमा रहेको तमोर रिभर ¥याफ्टिङका लागि उपयुत्त ठाउँ हो । यहाँ ¥याफ्टिङ गर्नको लागि आन्तरिक तथा वाह्य जाने गर्दछन । यसका अलवा ¥याफ्टिङ लागि उपयुक्त ठाउँको रुपमा धनकुटाको मुलघाटबाट सुनसरी र उदयपुरको सीमानामा पर्ने चतरास सम्म ¥याफ्टिङ गर्न उपयुक्त हुन्छ । त्यसैगरी ताप्जेजुङको दोभान हुँदै चतरासम्म र संखुवासभाको तुम्लिङटार हुँदै अरुण नदीबाट चतरासम्र्म ¥याफ्टिङ गर्ने गरिएको छ । ओखलढुंगाको हर्कपुर हुँदै सुनकोशीबाट चतरासम्मको ¥याफ्टिङ पनि गर्न सकिन्छ ।

Write your Comment


Related News
  • होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी
  • होमस्टे आन्दोलन जनयुद्ध जस्तै हो : उपाध्यक्ष बस्याल
  • होटलकर्मीलाई चिनिया भाषा तालिम
  • प्रदेश दुईको प्रमुख धार्मिक पर्यटकीय स्थल हो गढीमाई मन्दिर
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी