आज    |   

पर्यटकीय स्थल सुरक्षित नहुँदा बाँकेले गर्‍यो भ्रमण वर्षको शुभारम्भ तारे होटलबाट



प्रदेश पाँचको बाँके जिल्लाले अंग्रेजि नयाँ वर्ष तथा नेपाल भ्रमण वर्षको शुभारम्भ तारे होटलबाट गरेको छ । पर्यटकीय स्थलको प्रचार प्रसार गरी विदेशी पर्यटक भित्राउने लक्ष्य सहित नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको घोषणा गरेको भए पनि बाँके जिल्लाले नेपाल भ्रमण बर्षको पिहलो दिन जनवरी १ तारिख राति १२ बजे प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोख्रेलले होटल सिद्धार्थबाट भ्रमण बर्षको शुभारम्भ गरेका छन् ।

मध्यरातमा होटल बाट आतिशवाजी सहित भ्रमण वर्षको शुभारम्भ भए पनि प्रमुख धार्मिक स्थल बागेश्वरी मन्दिर सुन्सान बन्न पुग्यो । पछिल्लो समय बाँकेका केहि पर्यटन व्यवसायीहरुले बाँके पर्यटनको ट्रान्जिट नभई आफैमा पर्यटकीय गन्तव्य हो भने पनि भ्रमण वर्षको शुभारम्भ होटलमा गर्नुले पर्यटकीय स्थल सुरक्षित नभएको स्पष्ट भएको छ ।

भारतीय तथा तेस्रो मुलुकबाट भित्रिने नाका बाँकेमा भए पनि त्यसको फाईदा स्थानिय सरकार र व्यवसायीले लिन नसक्दा यस नाका हुदै भित्रिने पर्यटकको संख्या कम हुदै गएको अध्यागमन विभागको तथ्याङकले देखाउँछ ।

Write your Comment


Related News
  • यस्तो बन्यो प्रदेश ५ को होमस्टे सञ्चालन नियमावली (पूरा हेर्नुहोस)
  • प्रदेश कै प्रमुख धार्मिक स्थल स्वर्गद्धारी भएको जिल्लामा भ्रमण वर्षको तयारी शुन्य ?
  • अर्घाखाँचीको पहिचान : सुपा देउराली
  • बाँकेको पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन सरोकारवालासंग छलफल
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी