ताजा समाचार

आज    |   

कृषि विकास बैंकले होमस्टे नेपालको सिफारिसमा २० लाख सम्म सहुलियत कर्जा दिने, यस्तो छ सम्झौता



कृषि विकास बैंकले होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान)को सिफारिसमा २० लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बुधबार कृषि विकास बैंक लि। र होमस्टे (घरबास) एशोसियसन नेपाल( होसान) विच वित्तिय तथा सामाजिक, सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिलकुमार उपाध्याय र हाेसानका अध्यक्ष  केशव प्रसाद बडालले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले होसानसंग गरिएको सम्झौताले नेपालका ग्रामिण क्षेत्रहरुमा रहेका होमस्टेहरुको पहिचान, प्रवद्र्धन, बजारीकरण, स्थानिय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गर्नुभयो ।  उपाध्यायले  बैंकले गरेको यो सम्झौताले नेपाल सरकारले ल्याएको भ्रमण बर्ष २०२० को कार्यक्रम सफल पार्न महत्वपूर्ण योगदान पुग्नुका सााथै समृद्ध नेपाल सुखी नेपालीको नारा सफलिभुत पार्न समेत सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो ।

होसान का अध्यक्ष केशव प्रसाद बडालले  सम्झौताबाट दुरदराजमा रहेका होमस्टेहरुमा प्रकृति तथा स्थानिय संस्कृतिसंग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भई स्थानिय रितिरिवाज, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ बन्यजन्तु संरक्षण गर्न र दिगो जिविकोपार्जनमा ठुलो सहयोग पुग्ने अपेक्षा गदै अध्यक्ष वडालले वैंकले महत्वपुर्ण सम्झौता गरेकोमा आगामी दिनमा कृषि विकास बैंकको मान, प्रतिष्ठा र गरिमामा आंच आउन नदिने प्रतिबद्धता  व्यक्त गर्नुभयो ।

बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाले होसानमा आवद्ध देशभरका होमस्टे संचालकहरुलाई परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउनुका साथै एसोसियसनको सिफारिसमा स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार बाख्रापालन, तरकारी खेती, स्थानिय कुखुरापालन, पशुपालन आदि जस्ता परियोजनामा बैंकले सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउने बताउनुभयो।  थापाले  कर्जाका अतिरिक्त बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमा सहयोग गर्ने छ ।

कार्यक्रममा बैंकका उपमहाप्रवन्धकहरु श्री प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, परामर्शदाता श्री घुरन ठाकुर, विभागीय प्रमुखहरु मिनराज पोखरेल, शुसिल हुमागाई, बाशु अधिकारी, विना शर्मा, प्रवक्ता हिमलाल पौडेल तथा शा।प्र। श्री प्रेम खनालको उपस्थिति रहेको थियो । सो अवसरमा होसान नेपालको तर्फबाट उपाध्यक्ष शारदा आचार्य, उपाध्यक्ष धनिराम बस्याल, कोषाध्यक्ष सुरज बास्तोला, सदस्य राजकुमार लामिछाने तथा सदस्य नैना सापकोटा लगायतको समेत उपस्थिति रहेको थियो ।

के के मा पाईन्छ सहुलियतपूर्ण कर्जा 

कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) बिच भएको सम्झौता अनुसार बैंकले होसानको सिफारिसमा सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउने छ । होमस्टे सञ्चालकहरूले बाख्रापालन, तरकारी खेती, स्थानिय कुखुरापालन, पशुपालन आदि जस्ता परियोजनामा  सहुलियतपूर्ण कर्जा  पाउने छन् ।  कर्जा बाहेक उनिहरूलाइ बैंकले उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम सहयोग गर्ने छ ।

 

Write your Comment


Related News
  • गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी
  • प्रदेश २ मा थपिए ६० संक्रमित, प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुग्यो
  • कोरोनाबाट विदेशमा १ सय २१ नेपालीले ज्यान गुमाए, कुन देशमा कति हेर्नुहोस्
  • लकडाउन लम्बियो, हावाई सेवा असार १६ गते सम्म बन्द
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी