ताजा समाचार

आज    |   

विष्णु खनाल फेसबुकमा लेख्नुहुन्छ : पर्यटन वर्ष , नीतिगत सुधारको वर्ष



मैले पर्यटनको अध्ययन सुरु गरे देखि आज सम्म ४-५ पटक सरकार परिवर्तन भयो अनि त्यसरी नै पर्यटन मन्त्री पनि परिवर्तन भए, सबै सरकार अनि सबै पर्यटन मन्त्रीको नीतिगत निष्कर्ष नेपाल लाई पर्यटन को माध्यम बाट नै समृद्ध बनाउन सकिन्छ भन्ने रहेको देखियो ।

विषेशगरी इनबाउन्ड पर्यटनको कुरा गर्ने हो भने नेपालको संख्यात्मक विर्दिधर २४% को हाराहारीमा छ। तर विडम्बना आर्थिक विर्धिदर नगण्य छ १ अझ विडम्बना त अहिलेका वर्षमा पर्यटक को औसत दैनिक खर्च घट्दो अवस्थामा छ ।

विदेशमा नेपालको पर्यटनको प्रवद्र्धन गर्ने प्रमुख निकाय नेपाल पर्यटन बोर्ड हो। जसले संसारका प्रमुख पर्यटन इभेन्ट हरुमा भाग लिएर नेपालको पर्यटन प्रवद्र्धन गरिराखेको छ१ तर अब यतिले मात्रै नेपाल मा गुणस्तरीय पर्यटक भित्राउन गार्हो छ, तर यसले कम खर्चालु पर्यटक भने अवस्य आकर्षित गर्ने छ।

यदि नेपाल मा गुणस्तरीय पर्यटक भित्राउने हो भने कम्तीमा पनि विदेश का प्रमुख पर्यटन बजारमा नेपाल पर्यटन बोर्ड को शाखाहरू विस्तार गरिनु पर्दछ । जसको लागि पर्यटन बोर्ड लाई समयसापेक्ष साधन स्रोत सम्पन्न बनाउनु जरूरत छ।

अर्को तर्फ सरकार पर्यटन बाट संवृद्धि सम्भव छ भन्ने कुरा मा सहमत भएता पनि नीतिगत रूपमा त्यस्तो देखिँदैन। नेपाल सरकारका विदेशमा रहेका कुनै पनि राजदुतावास हरुमा पर्यटन डेस्क समेत छैन। सम्भव हुन्छ भने सरकारी तबरबाट प्रमुख देश का राजदुतावास हरुमा कम्तीमा मा पनि एकजना अफिसर पर्यटन डेस्क हेर्ने गरी नियुक्त गरियोस्। जसले विदेशमा नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा लगानी भित्राउन सहयोग गर्ने छ। सम्बन्धित निकाय को ध्यान यता तिर ढिलो चाँडो अवस्य जाने छ ।

Write your Comment


Related News
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे
  • पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने
  • सुदर्शन न्याैपाने लेख्नुहुन्छ -तयारी बिनाको भ्रमण वर्ष मीठो घोषणा तितो उपलब्धी
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी