आज    |   

हिमालय एअरलाइन्सले सुरु गयो हप्तामा दुई पटक क्वालालम्पुर उडान



नेपाल–चीन संयुक्त वायुसेवा अन्तर्राष्ट्रिय उद्यम, हिमालय एअरलाइन्सले क्वालालम्पुर उडन गरेको छ । मंसिर २३ गतेदेखि एयरलायन्स्ले हप्ताको दुई पटक मलेसियाको क्वालालम्पुरमा उडान गरेकाे हाे । एअरलाइन्सले क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान स्न २०१७ को फेबु्रअरी १० बाट सुरु गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एअरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो । भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्स्ले क्वालालम्पुरको उडान पुनर्संचालन गर्दैं मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
नयाँ उडानसंगै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने र नेपाली वायुसेवा सञ्जाललाई एसिया प्रशान्त क्षेत्रमा अझै मजबुत बनाउ“दै लैजानमा विश्वास राखिएको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकहरु आकर्षण गर्ने क्वालालम्पुर नेपालीहरुले पनि लोकप्रिय गन्तव्य हो ।

एअरलाइन्स प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भने  “हामी क्वालालम्पुर र काठमाडौंबीचको सिधा उडान पुनर्संचालन गर्न पाउ“दा एकदमै हर्षित भएका छौं । यी दुई स्थानबीचको उडानले दुवै देशका याुत्रहरुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । साथै, यो उडानले दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ । दुवै बजारबाट यस उडानका लागि ठूलो मांग भइरहेको छ र दुई देशको सरकारबीच भएको सम्झौताले यात्रुको संख्या पनि बढ्ने देखिन्छ । यो सञ्जालले मलेसियामा काम गर्नै ठूलो संख्यामा रहेका नेपालीहरुलाई मात्र सेवा प्रदान नगरी नेपाल भित्रिने मलय पर्यटकहरु वृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । हाम्रा याुत्रहरुलाई नेपाली सत्कारसहित सहज, सुलभ र सिधा उडानको सेवा उपलब्ध गराउने आशा गर्दछौं । यो पुनः आरम्भ गरिएको उडान पर्यटन वर्ष २०२० मा अन्तर्राष्ट्रिय आवागमन लक्ष्यप्रति हिमालय एयरलाइन्स्को गहन प्रतिबद्धताको लागि अर्काे एउटा प्रयास हो । ”

हिमालय एअरलाइन्स्को पुनःआरम्भ उडान H9 ८९० कुल १५० यात्रुसहित नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०१९ डिसेम्बर ९ मा स्थानीय समय २१ः३५ मा क्वालालम्पुरको लागि उडेको थियो र क्वालालम्पुर स्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ डिसेम्बर १० मा स्थानीय समय ४ः१८ मा अवतरण गरेको थियो । हिमालय एयरलाइन्स्को आवागमन उडान H9 ८९१ कुल ८२ यात्रुसहित क्वालालम्पुर विमानस्थलबाट सोही दिन स्थानीय समय ५ः२१ मा उडेको थियो र नेपालको त्रिभुवन विमानस्थलमा स्थानीय समय ७ः४६ मा अवतरण गरेको थियो ।

Write your Comment


Related News
  • होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी
  • होमस्टे आन्दोलन जनयुद्ध जस्तै हो : उपाध्यक्ष बस्याल
  • होटलकर्मीलाई चिनिया भाषा तालिम
  • प्रदेश दुईको प्रमुख धार्मिक पर्यटकीय स्थल हो गढीमाई मन्दिर
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी