आज    |   

भरतपुर विमानस्थल १० दिन बन्द हुने



भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । मर्मतसम्भार गर्न १० दिन लाग्ने भए पछि विमानस्थल बन्द गर्नु परेको नागरिक उड्यन प्राधिकरण भरतपुर कार्यालयका प्रमुख पवनकुमार गौतमले बताउनुभएको छ । उहाँका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा मङ्सिर १५ देखि २४ गतेसम्म बन्द गरी काम गर्न लागिएको बताउनुभयो । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी भए पछि मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लागाई सकेको छ ।

ठेकेदार कम्पनीले रातको समयमा काम गदै आए पनि तापक्रम घट्दै गएकाले रातमा कालोपत्र गर्दा उपयुक्त नहुने भए पछि हवाई सेवा रोकेर काम गर्न लागिएको प्राधिकरण कार्यालयले जनाएको छ । गत वर्षकै कार्यक्रमको निरन्तरताअन्तर्गत धावनमार्ग ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो ।

झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको थिएन । धावनमार्गमा विमानलाई समस्या हुन थालेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताए। भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँचरपाँच जहाज काठमाडौँ र एकरएक जहाजले पोखरा उडान भर्दै आएका छन् ।

Write your Comment


Related News
  • बन्दिपुर पर्यटन विकास समितिको अध्यक्षमा किशन प्रधान निर्वाचित
  • कोरोना त्रास, कोरिया, जापानका पर्यटकको बुकिङ पनि रद्द
  • प्रदेश पाँचका होमस्टे कर्मीलाई बिना धितो कृषि बिकास बैंकले सहुलियत कर्जा दिने
  • होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी