२०७८ मंसिर १८, शनिबार | २०७८ माघ ४ | ourtourismnews@gmail.com

भक्तपुर घुम्ने विदेशी पर्यटक बढे, होटल भने सुनसान

२०७८ मंसिर १८, शनिबार

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीको कारण झन्डै दुई वर्ष देखि सुनसान रहेको भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्रहरुमा पर्यटकको चहलपहल बढेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरका सम्पदा अवलोकन गर्न दैनिक ६० देखि ९० जनासम्म विदेशी पर्यटक घुम्न आउने गरेको पर्यटन सूचना केन्द्रले जनाएको छ । भक्तपुरका सम्पदा वाह्य पर्यटकका लागि प्रमुख आकर्षण मानिन्छन् ।

पर्यटन सूचना केन्द्रका अनुसार भक्तपुर घुम्न आउने विदेशी पर्यटक साउनमा २२८, भदौमा ३८०, असोजमा ९६४ र कात्तिकमा अहिलेसम्म १ हजार ९२३ जना विदेशी पर्यटक घुम्न आएका छन् ।

होटल भने सुनसान

भक्तपुर घुम्न आउने पर्यटक बढे पनि होटल व्यवसाय सुनसान रहेका छन् । भक्तपुर आउने धेरैजसो पर्यटक दिनभरि सम्पदाहरु घुमेर फर्कने हुदा होटल सुनसान बनेका एक होटल व्यवसायीले बताए ।

उनले काठमाडौँ भन्दा पनि भक्तपुरका होटल सस्तो र राम्रा भए पनि पर्यटकले उतै बाट रुम बुक गरेर आएका कारण यहाँका होटलमा पर्यटक नबस्ने गरेको बताए । तर केहि पर्यटक आउने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर