२०७८ मंसिर १०, शुक्रबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

एमाले महाधिवेशनले सौराहाको पर्यटन जुरमुरायो, पहिलो पटक सबै होटल बुकिङ

२०७८ मंसिर १०, शुक्रबार

एमाले महाधिवेशनले सौराहाको पर्यटन जुरमुरायो, पहिलो पटक सबै होटल बुकिङ

कोरोनाका कारण सुनसान रहेको चितावनको प्रमुख पर्यटकीय क्षेत्र एमाले महाधिवेशनले जुरमुराएको छ ।

मंसिर ९ देखि १३ गतेसम्म हुने एमाले महाधिवेशनका कारण यतिबेला चितावनका भरतपुर, नारायणगढ र सौराहाका सबैजसो होटल बुकिङ भइसकेका छन् ।

एक होटल व्यवसायीले भने कोभिका कारण बन्द सम्म पुगेको होटल व्यवसाय एमाले महाधिवेशनले केहि आस जगाएको बताए । उनले भने पहिले होटल बुकिङ नभएर तनावमा रहेका थियौं अहिले होटलका बेड नपुगेर तनावमा छौँ । सौराहा क्षेत्रका होटलहरुले मङ्सिर ९ गतेदेखि १३ गतेसम्म एमालेको महाधिवेशनकै पाहुना राख्नका लागि अरू पर्यटकका लागि होटल बुकिङ बन्द गरेका छन् ।

एमाललेले महाधिवेशन अवधिभरका लागि सौराहाका होटल व्यवसायीहरुसंग ६ हजार पाँच सय बेडका लागि ४ करोड रुपैयाँको सम्झौता गरेको छ । एमालेको सम्झौतमा साना होटलको २५ सय, मझौलाको ३५ सय र ठूला होटलका कोठाको ५ हजार रुपैयाँ तोकेको छ ।

महाधिवेशनले सौराहाको पर्यटन अझ बढ्न सक्ने

एमाले महाधिवेशनले सौराहाको पर्यटन अझ बढ्न सक्ने पर्यटन व्यवसायीहरु बताउछन् । उनिहरुले सौसाहामा एमाले महाधिवेशन हुदा महाधिवेशनमा सहभागि हुन नेता तथा कार्यकताहरुले यस क्षेत्रका पर्यटकीय क्षेत्रसमेत घुम्ने भएकाले एमाले महाधिवेशन पछि पनि सौराहामा पर्यटक बढ्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर